राप्रपाको खबरदारी सभा आज जनकपुरमा


काठमाडौँ ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीले आज जनकपुरमा खबरदारी सभा गर्दैछ । पोखरावाट सुरु भएको खबरदारी सभा सुर्खेत हुदैँ जनकपुरमा पुगेको हो ।

 जनकपुरको तिरहुतिया गाँछीमा बिहान ११ः०० बजे देखी सो सभाम सुरु हुनेछ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको फागुन ७ गतेको सम्बोधन र २५ गते काठमाडौँ आगमन पछि हौसिएका राजावादीहरू यतिखेर देशैभरि अभियान चलाइरहेका छन् ।