राप्रपा नेपालका प्रवक्ता अधिकारीको निधन


काठमाडौँ। 

राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको  निधन भएको छ।  अधिकारीको  संयुक्त अधिराज्य अमेरिकामा उपचारका क्रममा शुक्रबार  निधन भएको हो । प्रखर राष्ट्रवादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रवादी आन्दोलनलाई अपूरणीय क्षति पुगेको राप्रपा नेपालले जनाएको छ ।

एक असल, भद्र तथा इमानदार ब्यक्तित्वको परिचय स्थापित गरेका अधिकारीको जन्म २०१३ सालमा संखुवासभामा भएको थियो ।

उनको  निधनमा पार्टीले  दु:ख प्रकट गर्दै  केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयमा ३ दिन पार्टीको झन्डा झुकाउने र १३औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ । 

स्वर्गीय अधिकारीको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिने पार्टीले जनाएको छ ।