काठमाडौं ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन् ।
केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचना पछि आज संसदमा क्षमा याचना गरेका हुन् ।
जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन् । उनलाइ सामाजिक सञ्जाल देखि हिजो पार्टी पदाधिकारीको बैठकमा पनि सो अभिब्यक्तिलाई लिएर आलोचना गरिएको थियो ।
गत चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति ब्यक्ति भएको भन्दै यसमा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि प्रस्टाएका छन ।
‘चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन् । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेले संसदमा भनेका छन् ।











प्रतिक्रिया