पूर्वराजा ज्ञानेन्द्र शाह ९ गते गोरखा जाँदै

2.63k
Shares

काठमाडाैं ।

पूर्वराजा शाह ज्ञानेन्द्र शाह मनकामना मन्दिरमा पूजाअर्चना गर्न गोरखा जाँदै छन् ।

यही शनिबार ९ गते पूर्वराजा शाह गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न जान लागेका हुन् ।

सम्वाद सचिव डा.फणीराज पाठकले बुधबार सूचना जारी गर्दै प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा शाहले दिएको अभिव्यक्ति र राजावादीहरूका गतिविधिका कारण मुलुकको राजनीति तरङ्गित भइरहेका बेला शाह पुन गोरखा जान लागेका जनाएका छन् ।

पूर्वराजा शाहले शनिबार मनकामना मन्दिर पूजाअर्चना गरेर आइतबार काठमाडाैं फर्किने जनाइएकाे छ ।