लोकतन्त्र: ‘बाँदरको हातमा लड्डु’

1.32k
Shares

हाम्रा लागि लोकतन्त्र बाँदरको हातको लड्डु भएको छ । हामीलाई लोकतन्त्रको परिभाषा नै सिकाएनन् विदेशीले । आफ्नो अनुकूल प्रयोग गर्ने लोकतन्त्र सर्वथा निकम्मा देखिएको छ यहाँ, परिवारवादका कारण ।

समाजवाद भनिरहँदा समाज एकातिर छरिएको छ, लोकतन्त्र अर्कैतिर र विदेशमा जनशक्ति निर्यात गरेर विप्रेषण कमाउ धन्दामा छ हाम्रो लोकतन्त्र । यो लोकतन्त्र होइन, लोभतन्त्र हो । सरकारी मेसिनरी खिया लगाई आफ्नो दुनो सोभ्mयाउनमा व्यस्त लोकतन्त्रले नजन्मदै नेपालीहरुलाई ठूलो ऋणभारमा पारेको छ ।

विदेशीहरुका पूmलबारी बनेको लोकतन्त्र स्वदेशीका लागि मकैबारी बन्न सकेन, न धानखेत बा उखुबारी नै बन्न सक्यो, बरु धानखेत वा मकै, कोदोबारीलाई डोजरले धसिदियो । बिचौलियाहरुले, भूमाफियाहरुले उर्बर भूमिलाई मरुभूमि बनाइदिए, गाउँमा जन्ती छैनन् विवाहमा र मलामी छैनन् मृत्युमा, राजस्वले धानेन, अर्थमन्त्री आपैmँ भन्दै छन् ।

३५ वर्ष लगातार रजगज गरेको लोकतन्त्रले औद्योगिक क्षेत्रहरुलाई खाइदियो, चपाइदियो, उद्योगधन्दाहरुको नामोनिसान राखेन र भएका भूमि र भवनहरुमा दलको झन्डा गाड्यो, अब भन्दै छ दशक आन्तरिक रोजगार प्रवद्र्धन २०२५।२०३५ भनेर । अभैm झुक्याउँदै छ लोकतन्त्रले यहाँ रोजगारी दिने भनेर ।

हालको आव ७ महिनामा झन्डै १० खर्ब रेमिट्यान्स ल्याउन सफल र विश्वकै अब्बल विप्रेषणको देश भनेर चिनाउने लोकतन्त्रले यहाँ रोजगारी देला, यो हास्यास्पद कुरो हो । रोजगारी दिन पूँजीगत खर्च, विकासका ढोकाहरु खोल्न, बैँकहरुमा रहेको पूँजी अत्यधिक परिचालन गर्न र स्वदेशमा प्रशस्त उद्योग, कलकारखानाहरु खोलेर उत्पादन र उत्पादकत्व बढाउनुपर्छ, खोइ त्यो ? भएका निजी संस्थाहरुसँग आन्तरिक सम्झौता भनौँ २० संस्थाहरुसँग सम्झौता गरेर आन्तरिक रोजगारी दिने भन्दै भर्खरै रोजगार प्रवद्र्धन दशकको नयाँ दाउ हानेको छ ।

कृषि कर्मबाट पन्छिएको यो लोकतन्त्रले विदेशी कोटामा धान, चामल आयात गर्छ र भुटानबाट समेत चामल आयात गर्छ । देशाटन गरियो भने जल, जमिन, जडीबुटी अपार छन् हाम्रा तर विदेशी पानी मिनरल वाटरमा ब्यग्र छ हाम्रो लोकतन्त्र र कोदो, मकै, भटमास, पाम आयल, सोयाबिन मात्रै होइन चीनबाट जनै आयात गर्छ र चाडपर्वहरुका तमाम वस्तु खाद्यान्नलगायत सबै आयात गर्छ । व्यापार असन्तुलन छ, ठूलो व्यापारघाटा छ र भन्छ अलैँची निर्यात बढ्यो भनेर तर उत्पादन घटेको छ । व्यापारीहरुको मिलेमतोले निर्माण उर्बर समयमा सिमेन्टको भाउ बढायो लोकतन्त्रले र अहिले छड्को ।

देशको विरासत बोकेको संस्था सडकमा देखिँदा सबै ठाउँमा निषेधाज्ञा जारी गर्ने र लाखौँको जुलुसमा एक व्यक्ति विदेशीको फोटो देखेर विदेशीको इशारा दिने लोकतन्त्रले आपूmले चाक्सीबारीमा गरेको सम्झौता, १२ वर्षसम्म देशलाई ढुटो बनाएर, २० हजार बढी मान्छे मारेर, विदेशमा बसेर आपूm सुरक्षित भएको बिर्सियो र विदेशमै १२ बुँदै सम्झौता गरेर जनता उराल्ने कर्म गरेको पनि बिर्सियो ।

अहिलेको लोकतन्त्रको मुहान के हो र अमेरिकी राष्ट्रपतिले फ्रड भनेको कुरो पनि बिर्सियो । आफ्ना जनता जसले यहाँ रोजगारी पाएनन्, जसोतसो बिचौलियाको शरण परेर लाखौँ खर्ची विदेश गए, फर्कंदा रित्तो हात फर्किए । अझ खुट्टामा चेन र हातमा हत्कडी लगाएर फर्काउने कुरा थियो, त्योचाहिँ भोग्नुपरेन, लोकतन्त्रले आफ्नो ऐना हेर्न बिर्सियो । यत्रो कूटनैतिक सम्बन्ध छ र हिजोसम्म पानी पँधेरो गरेको देशमा राज्यले आफ्नो संयन्त्र प्रयोग गरेर हत्कडीविना नेपाली फिर्ता गर्न सकेन, टुलुटुलु हेरिबस्यो र भन्दै छ देशमा केही बिग्रेकै छैन के सुधार गर्नु प¥यो भनेर । देश बिग्रेको नदेख्ने लोकतन्त्रले देश सपार्ला ? यो विश्वास भएन अब ।

मेलम्चीको पानीदेखि काठमाडौँको फोहोरसम्म राजनीति गर्ने लोकतन्त्र बालेनसँग पौँठेजोरी खेल्दै छ, कुलमानसँग र रविसँग त विजय नै भइहाल्यो । लोकतन्त्रको परिवारवादभन्दा बाहिर केही नदेख्ने अन्धो भएको छ हाम्रो प्रजातन्त्र । प्रजा खाडीतिर, तन्त्र नेपालमा अशोभनीय छ, भ्रष्टाचारको दलदलमा फसेको लोकतन्त्र नीतिगत निर्णय भन्दै आपूm भाले हुने र अरुलाई पोथी बनाएर किचिरहने भएको छ । आम जनताका घरमा उठिबास छ, साँझ बत्ती बाल्ने र रातमा कोही पाहुना आए विश्वास गर्न नसक्ने समाजिक संरचना तयार गरेको छ लोकतन्त्रले ।

दिनदहाडै मान्छे मार्ने लोकतन्त्र सडकमा बसेर चिट काट्छ र सवारीसाधनसँग पैसा असुल्छ । यही हप्ताको कुरो हो, एउटा बसमा पंक्तिकार यात्रा गर्दै थियो, राति भयो, थानकोट सडक धेरै जाम हुन्छ, त्यसैले सिस्नेबाट धार्के हुँदै सीतापाइला आऔँ भनेर बसलाई केही छोटो बाटो ल्याएको, बाटैमा लोकतन्त्रले रोकिदियो र भन्यो– यताबाट किन आएको ? कागजपत्र देखाउनू । चालकले सबै पेपर देखायो, अलि पर बोलाइएको थियो उसलाई । चालकलाई छोडियो, कसरी छोड्यो भन्ने प्रश्नमा चालकले भन्यो– धेरै थिएन जम्मा पचास रुपियाँ मात्रै थियो, २ जना थिए, २ कप चिया त हो, खल्तीमा पैसा त्योभन्दा बढी थिएन । बस् लोकतन्त्रको सुशासन यही हो ।

अब देशको विरासत बोक्ने र हिजोअस्ति पलाएकाहरुका बीचमा भीडन्त हुने संकेत देखिँदै छ । अमुकहरु मिलेर स्वस्पूmर्त सडकमा लाखौँलाख जम्मा हुँदा नेतृत्व नभएको भीड भनिदियो लोकतन्त्रले र सबैतिर निषेधाज्ञासहित अब लोकतन्त्र आपैmँ सडकमा पोखिएर प्रदर्शन गर्ने तरखरमा छ । लोकतन्त्रसँग पेसागत संघ, संगठनहरु छन्, खर्चबर्च पनि छ, झोला बोक्नेहरु माउको इशारामा भीड जम्मा पनि गर्न सक्छन् ।

तिनको तुलनामा पेसाकर्र्मीहरु नभई स्वस्पूmर्त निस्केको जुलुस फिका होला तर जनमत संग्रह गरियो भने देशको शासन प्रणाली, धर्म निरपेक्षताको विषयमा कसको पल्ला भारी हुन्छ ? लोकतन्त्रलाई अवगत छैन । अध्यादेशीय लोकतन्त्रले अध्यादेश पास गर्न ह्वीप जारी गरेजस्तै लोकतन्त्रले आफ्नो ह्वीपबाट सडक तताउला, यसअघि पनि तताएकै हो, संसद्लाई लामो समय बन्धक पनि बनाएकै हो, बारहरु कहीँ बाँकी नराखेकै हो ।

आगजनी, तोडफोड र भएभरको शक्ति प्रयोग गरेर पूरै देशलाई अहिले प्रदूषणको अब्बल पनि बनाएकै हो । तर अस्ति देखिएको त्यति ठूलो भीडमा बालेनको एक लाख जरिबानाबाहेक खासै प्रदूषण र ढुंगा हान्ने काम त देखिएन र अब देशले त्यो सहन पनि नसक्ने भइसकेको छ । टायर बालेर भित्रिएको लोकतन्त्रले जंगलमा आगलागी हुँदा समन गर्न सकेको छैन र वर्षामा देशै पग्लिने गरी माटो बगाउँदा रोक्न सकेको छैन । बिजुली यहीँ खपत गरी उद्योग कलकारखाना स्थापित नगरेर विदेशमा बिजुली बेच्ने लोकतन्त्रले नाफा कमाएको बिजुली प्राधिकरण र लोडसेडिङ अन्त्य त्यो संस्थाले नगरेर भारतले गरिदिएको हो भन्दै छ ।

छिमेकमा २५ करोड जनसंख्या हुँदा एक प्रदेश छ । छिमेकमा एक दशकमा २ प्रधानमन्त्री हुन्छन्, भुटानमा समेत २ कार्यकाल यस्ता पद पाइँदैनन् तर निमुखा नेपालीको सास रोकिने गरी कर उठाउने र सुरक्षाको ताँती लगाउने, रुघा लाग्दा बैँकक जाने र अर्बौं अर्बको उपचार खर्च लिने, पूँजीगत खर्च गर्न नसक्ने, चालू खर्च धान्नै नसक्ने गरी खर्च हुने बडो भद्दा मजाक शैलीको संयन्त्र तयार गरी राजनीतिकर्मीहरुलाई मात्रै रोजगारी दिने हाम्रो लोतन्त्रले गैरराजनीतिकर्मीहरुलाई रोजगारी दिन सकेको छैन ।

प्रधानमन्त्री रोजगार कार्यक्रम भनेर ठूलो हल्ला गर्ने न्यूनतम डेढ महिना त्यो पनि न्यूनतम ज्यालामा रोजगारी दिन नसक्ने हाम्रो लोकतन्त्रले अहिले २० संस्थाहरुसँग सम्झौता गरेर रोजगारी दिने भनेको छ । ती संस्था त देशकै हुन्, लोकतन्त्रले सम्झौता नगरे पनि दिन्छन् यथाशक्य तर श्रेणीविहीन कर्मचारीलाई बाध्यताबस २४ हजार तलब दिने लोकतन्त्रले निजी व्यवसायी श्रमिकहरुलाई १७ हजार त्यो पनि ठेकेदार कटाएर बाँकी हात लाग्दा दिनभरिको चुलो चल्नै सक्दैन ।

त्यस्तो परिवेश सिर्जना हुनमा निजी क्षेत्रको भनाइ छ, यहाँ उत्पादकत्व नभएर दिन नसकिएको हो भनेर । उत्पादन र उत्पादकत्व बढाउने र रोजगारी सिर्जना गर्ने काम राज्य बोक्ने लोकतन्त्रकै हो । हो, सरकारले रोजगारी दिन सक्दैन तर पहिले भनिन्थ्यो– नागरिकलाई आयआर्जन गराउने काममा, रोजगारी सिर्जना गर्ने काममा आवश्यक परे विष्णुमतीको बालुवा वाग्मतीमा र वाग्मतीको बालुवा विष्णुमतीमा हाल्न लगाएर भए पनि जनतालाई आयआर्जन गराउनुपर्छ र तिनले आफ्नो पेट पाल्न सक्छन् । हिजो यसो भनिन्थ्यो तर आजको लोकतन्त्रले चुरे दोहन गर्दै माटो, ढुंगा, गिट्टी निर्यात गरेर ठेकेदार पोस्ने काम गर्न लालयित छ, यसका लागि बजेट वक्तव्य नै आएको हो ।

तराईको पानीको मुहान पनि ठेकेदारहरुले सुकाउन लागेका छन् र राजमार्गमा रहेका वैध, अवैध हजारौँ क्रसर उद्योगमा लोकतन्त्रको छाया छैन भन्न सकिन्न । किनभने लोकतन्त्रका सम्बाहकहरु अधिकांशसँग स्कूल छ, कलेज छ, सहकारी छ, बँैक, लघुवित्त छ, मेडिकल कलेज छन्, अस्पतालहरु छन् र मूलतः डोजर छ, जसले जमिन कोतरेर पगालेको छ, प्रकृति दोहन गरेको छ, प्लटिङ गरेको, पानीका मुहान सुकाएको छ र जलवायु परिवर्तनको संकट थपेर विदेशीहरुसँग समाधानको भीक्षा याचना गरेको छ, हिउँ जम्ने शिखरमा कालापत्थर त्यसलाई पनि व्यापारीकरण गरेर विज्ञापनमा राखिएको छ, बजार सहिनसक्नु भएको छ र भर्खरै ग्यासमा कमिसन बढाएको छ र प्रतिसिलिन्डर ३ सय बढीले कर लिने लोकतन्त्रले पेट्रोलियम पदार्थ कस्ट प्राइसभन्दा धेरै रकम उपभोक्ताबाट असुलेको छ ।

अब ग्यासमा घाटा लाग्यो भन्दै कुनै मध्यरातमा यसको भाउ बढ्नेछ, पहिले पनि एकैचोटि दुईपल्ट भाउ बढाइएको थियो । चुनाव सक्नासाथ लोकतन्त्र तिनै मतदाताको घाँटी निमोठ्न थाल्छ । किनकि चुनावमा उसले अधिक लगानी गरेको छ । यस्तो लोकतन्त्र नेपालीले चाहेको हो जस्तो लाग्दैन र ९० वर्षका बूढाबूढीहरु पनि निराश छन् अहिले, युवा जति त बिदेशिइसकेका छन् । जो यहाँ छन्, झन्डामुनि छन् र लोकतन्त्रले तिनलाई उर्बर बनाइरहेको छ ।

एउटा उदाहरण, पंक्तिकार २० रुपियाँ भाडाको बस चढेको थियो यी पंक्ति तयार गरिरहँदा, खल्तीमा पैसा रहेनछ र चालकलाई भनियो पैसा भएन के गर्ने ? उसले कडै भन्यो– ‘महिनामै ३५ हजार कर बुझाएको छ, रु. २० कसरी छुट गर्न सकिन्छ ? जसरी भए पनि तिर्नुस् । अघि भनेको भए हिँडेर जानुस्, बस चढ्न मिल्दैन भन्थेँ । अब त तिर्नै प¥यो, अरुसँग मागेर भए पनि ।’ अचम्मको लोभतन्त्र छ हामीसँग, उसको भनाइ सुन्दा ।