मेष: तपाईंका लागि समय बलवान् छ । धन लाभ, पठनपाठनमा सफलता हुने देखिन्छ ।
वृष: समय शुभ छ । द्रव्य लाभ, शत्रु विजय, खेल–परीक्षा आदिमा सफलता प्राप्ति हुनेछ ।
मिथुन: कार्य असफल, सन्तान कष्ट, आर्थिक क्षति हुन सक्छ । सजगता अपनाउनुहोला ।
कर्कट: समय शुभ देखिँदैन । अपच, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवाद, तनाव हुन सक्छ ।
सिंह: समय बलवान् छ । सानै प्रयासमा द्रव्य लाभ, मान–सम्मान,, उन्नति–प्रगति हुने देखिन्छ ।
कन्या: समय अनुकूल नभएकाले धन नाश, मानसिक चिन्ता, दुःख–कष्ट, व्यर्थको खर्च हुन सक्छ ।
तुला: दिन उत्तम फलदायक छ । धन, उपहार, कोसेली प्राप्ति, उत्तम भोजन, कार्य सफल होला ।
वृश्चिक: अस्वस्थता, इष्टमित्रसँग विवाद, चोटपटकको सम्भावना देखिन्छ । सजग रहनु नै बेस ।
धनु: दिन शुभ फलदायक छ । विविध वस्तु वा सेवाको लाभ, मिष्ठान्न भोजन, द्रव्य प्राप्ति हुन सक्छ ।
मकर: समय अनुकूल भएकाले सुख–सन्तोष, कार्य सिद्धि, निरोगिता, जोश–जाँगर बढ्ने देखिन्छ ।
कुम्भ: दिन त्यति अनुकूल छैन । राज्यबाट त्रास, असफलता, मान–प्रतिष्ठामा धक्का लाग्न सक्छ ।
मीन: रोगको भय, कार्यमा बाधा, धन हानि, अस्वस्थता हुन सक्ने भएकाले सजग रहनु नै बेस ।
प्रतिक्रिया