लन्डन, (एजेन्सी) ।
मांसपेशीमा चोट लागेपछि ब्राजिलका स्टार खेलाडी नेयमार विश्व कपको ब्राजिल फुटबल टोलीमा अटाउन सकेनन् ।
ब्राजिलले यस महिनाको विश्वकप छनोटका लागि नेयमारको सट्टा युवा फरवार्ड एन्ड्रिकलाई विश्वकप छनोटका लागि टोली राखेको छ ।
नेयमार अक्टोबर २०२३ मा उरुग्वेविरुद्धको खेलमा घुँडाको चोटका कारण १७ महिनाको अनुपस्थितिपछि सेलेकाओ (ब्राजिल टोलीको उपनाम) मा फर्कने तयारीमा थिए । तर ३३ वर्षीय खेलाडीलाई चोटले गर्दा विश्वकप छनोट खेल खेल्न वंचित गरायो । उनले कोलम्बिया र अर्जेन्टिनाविरुद्धको छनोट खेल्न पाउने छैनन् ।
“फर्कने धेरै नजिक देखिन्थ्यो, तर दुर्भाग्यवश म अहिलेको लागि विश्वको सबैभन्दा महत्वपूर्ण जर्सी लगाउन सक्दिन,“ नेयमारले उनको इन्स्टाग्राममा लेखेका थिए ।
“धेरै छलफल गरियो र सबैलाई मेरो फर्कने इच्छा थाहा छ, तर हामी सहमत भयौं कि कुनै पनि जोखिम नलिनु र चोटलाई पूर्ण रूपमा हटाउन र राम्रो तयारी गर्नु राम्रो हो ।“
साउदी प्रो लिगको टोली अल–हिलालमा कठिन समय पछि, नेयमार जनवरीमा बाल्यकालको क्लब सान्तोसमा फर्किए । उनले ब्राजिलको शीर्ष लिगमा सात खेलमा तीन गोल गरे र तीन असिस्ट प्रदान गरिसके । ब्राजिलका लागि नेयमारले १२८ खेलमा सहभागि जनाइसकेका छन् ।
उनी भन्दा बढी खेल्नेमा काफु रहेका छन् । उनले १४२ खेल खेलेका छन् । तर, नेयमार ब्राजिलका सदाबहार गोलकर्ता हुन् । उनले अहिलेसम्म ७९ गोल गरिसके । जुन, ब्राजिली टोलीबाट सर्वाधिक समेत हो ।
१८ वर्षीय एन्ड्रिकले यस सिजनमा सबै प्रतियोगिताहरूमा रियल मेड्रिडका लागि २८ खेल खेलेका छन् र ६ गोल गरेका छन् । उनले ब्राजिलका लागि १३ खेलमा तीन गोल गरेका छन् ।
प्रतिक्रिया