काठमाडौं ।
नेपालको चर्चित रेसमध्य एक मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करणमा नेपालका अर्जुन कुलुङ राई विजेता बनेका छन् ।
मञ्जुश्री ट्रेलको प्रमुख इभेन्ट एक सय माइल्स अर्जुनले २६ घन्टा २९ मिनेट २५ सकेन्ड समय लगाएर छिटो पार गरे । उनले ७५ हजार नगद प्राप्त गरे ।
नेपालकै मिलन कुलुङ राईले २८ घण्टा १५ मिनेट २५.३ सकेन्ड लगाएर दोस्रो तथा शेर थारु २८ घण्टा ४७ मिनेट ०६ सकेन्डसहित तेस्रो भए । मिलनले ४० हजार र शेरले २० हजार रुपियाँ पुरस्कार पाए । एक सय किमी दौडमा विशाल राई १३ः२९ः०४ सकेन्ड समयमा विजेता बने । सो इभेन्टमा गोपाल तामाङ १३ः३९ः०७ सकेन्ड र निरोज भट्ट १४ः१२ः३५ सकेन्डमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।
महिलातर्फ नेपालकी रसिला तामाङ पहिलो भए । रसिलाले १७ः५८ः०५ सकेन्डमा दौड सकाइन् । छोकी शेर्पा १८ः१५ः०५ सकेन्ड समय लगातार दोस्रो भइन्, फ्लेर मोउतज्वले २०ः४३ः०५ सकेन्ड समय लगाएर तेस्रो स्थान हासिल गरे । दुबै विधाका शीर्ष तीन हुनेलाई क्रमशः ५० हजार, २५ हजार र १५ हजार रुपियाँ प्रदान गरिएको थियो ।
५० किमी पुरुष दौडमा मानकुमार रोक्का मगर (०६ः४२ः२५ सकेन्ड) पहिलोे, लोकेन्द्र राई (०६ः४६ः३८ सकेन्ड) दोस्रो र धीरबहादुर बुढा (०६ः५९ः५९ सकेन्ड) तेस्रो भए । ५० किमी महिला दौडमा प्रिया राई पहिलो, कल्पना बुढा दोस्रो र राज्य लक्ष्मी रावल तेस्रो भए । यस स्पर्धामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।
३० किमी दौडमा राजन मेयोङबा ३ः४३ः०३ सकेन्ड समय लगातार विजेता बने ।
युवक राज बुढा (४ः०३ः२२ सकेन्ड) दोस्रो र अक्कल बढवाल (४ः३७ः०१ सकेन्ड) तेस्रो भए । महिलातर्फ अस्मी तामाङ ६ः३४ः०३ सकेम्ड समयमा दौड पुरा गरी विजेता बनिन् । क्याथेरिना हल दोस्रो र रीन्छे दोला लामा तेस्रो भए । यस स्पर्धामा शीर्ष तीनले क्रमशः २० हजार १० हजार र ५ हजार रुपियाँ प्राप्त गरे ।
प्रतिक्रिया