पेनोरिस र थण्डर फाइनलमा


मेचीनगर ।


जारी इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगितामा थण्डर ११ र पेनोरिस ११ ले उपाधिको लागि भिडन्त गर्ने पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई ७६ रनले पराजित गर्दै थण्डर फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा पेनोरिसले जितेको थियो । विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।


टस हारेर पहिलो ब्याटिङ गरेको थण्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २०५ रन बनाएको थियोे । थण्डरका लागि रोहित राजवंशीले सर्वाधिक ७३ रन बनाए । बलिङतर्फ बाउनडाँगीका आयुश दाहाल र सन्तोष प्रधानले समान ३÷३ विकेट हासिल गरेका थिए ।


जवाफमा बाहनडाँगीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२९ रन मात्र बनाउन सक्यो । बाहुनडाँगीका लागि राजेश थापाले सर्वाधिक ४६ रन बनाए । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक बाहुनडाँगी सेमिफाइनल बाटै बाहिरिनु प¥यो ।


यता बलिङतर्फ थण्डरका लागि विराट डाँगी, शिव राजवंशी र एलिट राईले समान २-२ विकेट प्राप्त गरेका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका थण्डरका रोहितले नगद १ हजार प्राप्त गरे ।