काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित, विनाप्रमाणको लाञ्छना लगाएको भन्दै प्रचण्डको सो अभिव्यक्तिको भत्र्सना गरेको छ ।
राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा मूकदर्शक भएर नबस्ने र प्रतिरोध गर्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार पूर्वराजाप्रति प्रचण्डले लगाएको लाञ्छनाको बैठकले भत्र्सना गरेको हो । उहाँले भन्नुभयो– ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आम नेपाली जनताले राम्ररी बुझेका छन् । परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’
प्रचण्डले शुक्रवार मेलम्ची पुगेर प्रचण्डले पूर्वराजाप्रति संगीन आरोप लगाउनुभएको थियो ।
प्रतिक्रिया