उदयपुर ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु भएकाे छ ।
गत राति साढे ९ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं ८ राजावास सरस्वती पुल स्थित मदन भण्डारी लोक मार्गमा गाईघाटबाट चुहाडे (पुर्व बाट पश्चिम) तर्फ रोकिरहेको प्रदेश २ -०१-००१त २३०१ नं को ट्याक्टरमा सोही दिसातर्फ जादै गरेको बा. ६४ प ५१७ नं को मोटरसाईकल पछाडि बाटठोक्किई दुर्घटना भएकाे हाे ।
मोटरसाईकल चालक जिल्ला उदयपुर त्रियुगा न.पा ७ भान्टावारी बस्ने अ वर्ष ३४ को भुवन राईको टाउकोमा गम्भीर चोट लागि उपचारको लागी जिल्ला अस्पताल उदयपुर ल्याएकोमा अस्पतालले मृत घोषणा गरेको छ ।
ट्याक्टर चालक जिल्ला उदयपुर, उदयपुरगढी गा.पा. ६ बस्ने अ वर्ष २५ को कुल बहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया