काठमाडौं।
टीआईए, दीक्षालय, चेल्सी वल्र्ड स्कुल र नेक्सस इन्टरनेसनल एकेडेमी तेश्रो निस्ट कपमा च्याम्पियन बनेका छन् । प्रतियोगिता लोकन्थलीस्थित भक्तपुर निस्ट स्कुलले आयोजना गरेको थियो ।
बास्केटबलको सिनियर ब्वाइज फाइनलमा टीआईएले बौद्ध इन्टरनेसनल स्कुललाई ५०–२६ ले पराजित ग¥यो । टीआईएका रोशन नगरकोटीले २६ अंक जोडे । निस्ट तेश्रो भयो ।
सिनियर गल्र्स उपाधि भिडन्तमा दीक्षालयले निस्टलाई २३–२० को झिनो अन्तरले हरायो । दीक्षालयकी लाक्पा डोमा शेर्पाले ११ स्कोर गरिन् । चेल्सी तेश्रो बन्यो ।
जुनियर गल्र्सको फाइनलमा चेल्सीले आर्या एकेडेमीमाथि २५–७ को सहज जित दर्ता ग¥यो । चेल्सीकी लाजेन शेर्पाले १२ अंक जोडिन् । निस्ट तेश्रो स्थानमा रह्यो । फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रोशन, लाक्पा र लाजेन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
जुनियर ब्वाइजको फुटबल फाइनलमा नेक्ससले गोल्डेन सुन्गाभालाई २–० गोलले हरायो । विजयी टोलीका लागि दुबै गोल विराज डुगुले गरे । उनी प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत चुनिए । निस्टका सक्षम न्यौपाने सर्वाधिक गोलकर्ता बने । डिफेन्समा गोल्डेन सुन्गाभाका निर्मल भुजेल, गोलरक्षकमा आर्याका प्रिन्स महर्जन र प्रशिक्षकमा नेक्ससका सविन रन्जित उत्कृष्ट ठहरिए ।
प्रतियोगितासंगै विद्यार्थीमा स्वच्छ वातावरण बारे सचेतना जगाउने उद्देश्यले आयोजित क्लाइमेट च्याम्पियनको उपाधि नव सुन्ताखानले जित्यो । नव सुन्ताखानले सर्वाधिक ५ सय अंक बटुल्यो । १ सय ७० अंकसाथ चेल्सी दोश्रो तथा १ सय ६५ अंकमा राजश्री गुरुकुल तेश्रो भए ।
प्रतिक्रिया