काठमाडाैं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले संघीय गणतन्त्रात्मक लोकतान्त्रिक समयमा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नु जस्तै असान्दर्भिक रहेको बताएका छन् ।
काठमाडाैंमा आज हुलाक सेवा विभागले आयोजना गरेको हुलाक टिकट आवरणमा टाँचा प्रदान कार्यक्रममा बोल्दै मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रीक, मानवअधिकार लगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रष्ट पारे।
सामन्तवादीको आँडमा अडिएको राजतन्त्र जनताले हटाएर लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरु लोकतन्त्र विरोधी रहेको प्रष्ट हुने उनले उल्लेख गरे । राज दरवार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दिपेन्द्रको निधन भए लगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत रुपमा समापन भएको तर्क दिदै मन्त्री गुरुङले भने, “कुशले बनेका राजा बोकेर हिड्नु नैतिकताले सुहाउँदैन ।”
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसदमा रहेको सामाजिक सञ्जालन नियमन सम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा राखे । समाज व्यवस्थीत गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए ।
मन्त्री गुरुङले विभागले ल्याएको नेपालको राजनीतिक, शैक्षिक रुपान्तरणमा योगदान पुर्याउनुभएका चिनियाँलाल सिंह र नारदमुनि थुलुङको प्रथम हुलाक टिकट आवरणमा ढाँचा प्रदान गरेका थिए । साथै उनले मन्त्रालयले यो वर्ष भित्र सुरक्षण मुद्रण केन्द्र मार्फत स्वदेशमै सुरक्षा सम्बन्धी सम्पुर्ण कागजात छाप्ने तयारीमा रहेको जानकारी दिए । सुरक्षण मुद्रण केन्द्रको सिइओ सहित कर्मचारीको व्यवस्थापन गर्दै मन्त्रालयले छापाबाट राज्यको राजस्व सुरक्षित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
त्यस्तै, कार्यक्रममा प्रतिनिधिसभा सदस्य हेमराज राईले हुलाक टिकटमार्फत राज्यलाई सुमार्ग निर्देशन गर्ने दुई व्यक्तित्वको इतिहास संरक्षण गर्नु प्रशंसनीय कार्य रहेको बताए । सञ्चार सचिव राधिका अर्यालले हुलाक टिकट मात्रै कागजको टुक्रा नभई मुलुकको महत्वपुर्ण दस्तावेज रहेको सुनाए ।
यसको लागि म विभागका महानिर्देशक मनमाया पंगेनी भट्टराईले विभिन्न कालखण्डमा समाज रुपान्तरणमा योगदान पुराएका व्यक्तित्व देखि सांस्कृतिक, इतिहासीक महत्व बोकेका विषय समेटेर विभागले टिकट प्रकाशन गर्दै आएको जानकारी दिए।
सुचनाप्रविधिको बढ्दो तिब्रतामा हुलाक सेव विभागले प्रतिस्प्रर्धा गर्नु पर्ने चुनौतीका साथ हुलाकको गरिमा कायम राख्न क्रियाशील रहदै आएको उनले उल्लेख गरे ।











प्रतिक्रिया