काठमाडौं ।
चन्द्रागिरिमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
मंगरबार राति करिब १२ः३० बजे स्थानीय उत्तम कार्कीले फेसबुक लाइभ गर्दै आफ्नै शरीरमा आगो लगाएका थिए । घटनाबारे जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर तत्कालै उनलाई तत्काल उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि लगिएको छ ।
उनकाे हात र अनुहार जलेको छ, तर उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी जनाएकाे छ ।
कार्कीले फेसबुक लाइभमा मानसिक तनाव भोग्नुपरेको, स्थानीय एक युवतीका कारण हिरासत बस्नुपरेको, पारिवारिक सम्बन्ध विथोलिएको र आफ्ना कान नसुन्ने बुवा तथा आँखा नदेख्ने आमाले दुःख पाएको भन्दै अब बाँच्न नसक्ने बताएका थिए ।











प्रतिक्रिया