काठमाडौं ।
पतन भइसकेको राजतन्त्रलाई पुनःस्थापित गर्ने प्रयत्न भएको भन्दै समाजवादी मोर्चाले सशक्त प्रतिवाद गर्न अपिल गरेको छ ।
मंगलवार बसेको मोर्चाको बैठकले गणतन्त्रका विरुद्ध गम्भीर षड्यन्त्र भएको भन्दै सशक्त प्रतिवाद गर्न हजारौं नागरिकलाई सडकमा उतारिने जनाएको छ । जसअनुसार आगामी चैत्र १५ गते काठमाडाैंमा विशाल सभा गरिने भएको छ ।
मोर्चाले अहिले देशको पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे गम्भीर विश्लेषण गरी वस्तुतगत निष्कर्ष निकालेको छ । ‘यो स्थितिलाई ट्याकल गर्न केही कार्यक्रम र योजना तय गरेका छौं ।
२५ गतेसम्म आउँदा आठौं आश्चर्य घटाउने कुचेष्टाजस्तो गरियो । ०४६, ०५२, २०६२-६३ मा अधिकार, व्यवस्था, मुक्ति, देशको स्वाधीनता, बलिदानी र गणतन्त्रको विरुद्ध गम्भीर षड्यन्त्र शुरू भयो’ – बैठकपछि नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भन्नुभयो ।
यसै गरी मोर्चाले चैत १ गते बिहान बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने, सोही दिन दिउँसो पत्रकार सम्मेलन गर्ने र चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा र प्रतिगमनको खिलापमा, हजारौं जनताको सहभागितामा विरोध प्रदर्शन र विरोध सभा गर्ने निर्णय गरेको पनि प्रकाण्डले जानकारी दिनुभयो ।
मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपासहितका दल सहभागी छन् ।











प्रतिक्रिया