राजतन्त्रका विषयमा गहन चिन्तन

2.35k
Shares

राजतन्त्र चाहियो भनेर आन्दोलन भएका कारण राजतन्त्रकै विषयमा कुरा गरौं, उमेरसँगै जोश र जाँगर सकिँदै जाने हुनाले पूर्वराजा ज्ञानेन्द्रले देश चलाउने र देश बनाउने समय गइसक्यो ।

नाम मात्रको राजाले देशमा केही हुनेवाला छैन । छोरा पारस पनि परिपक्व छँदै छैनन्, उनीमा भिजन पनि छैन, बौद्धिकता पनि छैन, स्वास्थ्य पनि खासै राम्रो छैन, अनि जनता माझ इमेज पनि त्यति राम्रो छैन । अब कुरा रह्यो ज्ञानेन्द्रका नातिलाई अघि सार्ने कुरा, त्यो पनि त्यति व्यावहारिक देखिँदैन ।

किनभने पारसका छोरा परिपक्व भइसकेका छैनन् । उनी जनतामाझ बौद्धिकरूपले राम्ररी चिनिएका समेत छैनन् । त्यसैले बलियो राजतन्त्र चलाउन सक्ने व्यक्ति नै नभईकन राजतन्त्र चाहियो, राजतन्त्र चाहियो भनेर जुलुस गरेर मात्र राजतन्त्र आउँछ ? आए पनि त्यस्तो राजतन्त्र टिक्छ ? टिक्यो भने पनि देश बनाउँछ ? यो त राजतन्त्र चाहिन्छ भन्दै कमल थापाले चुनावमा दुई करोड ज्ञानेन्द्रसँग चन्दा चुनाव खर्च लिएजस्तो मात्रै हो ।


त्यसैले सबैले वास्तविकताचाहिँ स्वीकार्नै पर्छ । त्यो के हो भने, अहिलेका शासक पञ्चायतकालका भन्दा पनि सयौँ गुणा भ्रष्ट भए । अदूरदर्शी भए । पञ्चायतको भन्दा पनि नराम्रो राज्य प्रणाली र शासन प्रणाली भयो ? त्यसैले मात्र राजतन्त्रको नारा उठेको हो । अरु कुनै कारणले होइन ।

अर्को कुरा हिन्दू राज्य र राजतन्त्र अलग–अलग विषय हुन् । तर राजतन्त्र र हिन्दू राज्यलाई जोडिएर किन हेरिन्छ ? प्रजातन्त्रको विकल्प राजतन्त्र हुन सक्ला त ? हुन त देशमा जुन तन्त्र भए पनि देश र जनताका लागि काम गर्नुप¥यो । भिजन र त्यसलाई पूरा गर्ने मिसन हुनुप¥यो । चीनमा प्रजात्रन्त छैन, तर त्यहाँ संसारकै प्रगतिशील सरकार छ । जापान र खाडी देशमा राजतन्त्र छ, ती पनि धनी नै छन् । अमेरिकामा प्रजातन्त्र छ तर धनी छ ।

नेपालमा पनि प्रजातन्त्र छ तर नेपाल किन गरिब छ त ? एउटा सत्य कुराचाहिँ के हो भने, राजतन्त्रको बेलामा अहिले जस्तो तिरी नसक्नुको कर थिएन । विभिन्न किसिमका सिफारिसलगायत सरकारी सुविधाहरु फ्रीजस्तै थियो । अहिले त गणत्रन्तका छोटेराजाहरु पाल्नैका लागि जनताको ढाड भाँचिने किसिमका कारहरु छन् ।

महँगी र बेरोजगारीको त के कुरा गर्नु ? एकजना विदेश नगएको त घर नै छैन । कांग्रेस, कम्युनिस्ट र माओवादी आदि पुराना राजनीतिक पार्टीप्रतिको वितृष्णाले राजाचाहिँ होइन, बरु रविचाहिँ एकचोटि पावरमा आउने सम्भावना देख्छु । यदि साँच्ची नै राजतन्त्र ल्याउने र राजतन्त्रको इतिहास जोगाउने हो भने पहिले पारसका छोरा लजिकल, बौद्धिक र जनतामाझ भिज्नुप¥यो, जनताले पत्याउने खालको हुनुप¥यो ।

आफूलाई त्यसै किसिमले तयार पार्नुप¥यो । ‘हम्बल’ र ‘डाउन टु अर्थ’ हुनुप¥यो । त्यसका लागि खै ज्ञानेन्द्रले नातिलाई तयार पारेका ? खै नातिलाई मोटिभेट गरेका ? खालि विरासत चाहियो भनेर मात्र हुँदैन, विरासत चलाउने खुबी पनि चाहियो, ढंग पनि चाहियो, समय अनुकूल चल्ने बौद्धिकता पनि चाहियो, यी सब कुरा त केही छैन ।

त्यसैले राजतन्त्र जिन्दावाद गरेर, जनतालाई सडकमा उतारेर, बाटो हिँड्नेलाई दुःख दिएर, भीड जम्मा गरेर समस्याको पार लाग्दैन । कि त जनमतसंग्रह हुनुप¥यो, कि त ठूलो आन्दोलनले वा सेनाले साथ दिएर राजा ल्याउनुप¥यो । राजतन्त्र स्थापित गर्ने तरिकाचाहिँ यिनै हुन् । दुर्भाग्य, यहाँ त राजा चाहियो भनी आन्दोलनको नाटक गरेर, पूर्वराजासँग नजिक भएर आर्थिक फाइदा लिनेबाहेक अरु केही हुनेवाला छैन, महाराज होसियार !