भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजतन्त्रले ठिक नगरेर नै जनताले फालेकोले फेरि राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।
बासु माध्यमिक विद्यालयको ६२ औं बार्षिकोत्सबमा आज आयोजित कार्यक्रममा अध्यक्ष बिजुक्छेले राजतन्त्रले ठिक नगरेर नै जनताले फालेको भन्दै नेताहरुले जनतासँग सल्लाह गरेर काम गरे पूर्व राजासँग डराउनु नपर्ने बताए ।
राजावादी जुलुसले आत्तिनु पर्ने अबस्था नरहेको भन्दै उनले राजा भए सब ठिक हुने भए पहिले राजतन्त्रका बेला सबै ठिक किन नभएको भनी प्रश्न गरे ।
उनले नेपालमा कृयाशील भनिएका राजावादी पार्टीहरु राजाबाट फाइदा पाउनका लागि मात्र राजावादी भएको बताए ।
सानो बेलाको लुगा अहिले ठिक नहुने भन्दै राजा आऊ देश बचाउ भन्ने विरुद्ध सामन्तवाद भन्दै जनता उठ्न सक्ने उनको भनाई थियो ।
अध्यक्ष बिजुक्छेल राजाले जनताको पिर थाहा नपाउने भन्दै राजा आउने भए कसैले बोलाउन नपर्ने र जनताको मन जितेको भए आफैं आउने थिए भने।
बिजुक्छेले नाफा कमाउने व्यापारी राजाबाट देशलाई फाइदा नहुने भन्दै स्वार्थका लागि मात्र केही व्यक्ति राजावादी भएको बताए ।











प्रतिक्रिया