पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न विमानस्थल पुगे राजेन्द्र लिङ्देन र कमल थापा


काठमाडौँ। 

पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन   त्रिभुवन विमानस्थल पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र केहीबेरमा पोखराबाट काठमाडौं आउँदै छन् ।

उनी काठमाडौँ प्रस्थानका लागि बिदा  पोखरास्थित पुरानो विमानस्थलतर्फ लागेका छन् । त्यहाँबाट उनी समिट एयरको जहाजमार्फत काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ । 

विमानस्थलमा उनलाई राजावादीहरूले  बिदाइ गरेका थिए । 

पूर्वराजालाई  काठमाडौंमा राजावादी पार्टी, संस्था र समर्थकले र्‍याली गर्ने तयारी छ । अहिले गौशाला र तीनकुने क्षेत्रमा भेला भएका समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारी गरेका छन् ।

 यसअघि राप्रपालगायतका विभिन्न समूहले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् । चर्को नारावाजीका साथ प्रदर्शनमा उत्रिएका उनीहरुले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नारावाजी गरिररहेका छन् ।

प्रदर्शनकारीले ‘राजतन्त्र जिन्दावाद’, ‘राजा आउ देश बचाउ’, ‘गणतन्त्र मुर्दावाद’ ‘हाम्रो राजा हाम्रो देश प्यार भन्दा प्यारो छ’ लगायतका नाराहरु लगाएका छन् । राजावादीहरुको प्रदर्शनका कारण यस क्षेत्रको यातायात अवरुद्ध बनेको छ ।