यामाहा डब्लुआर १५५ आर लन्च


काठमाडौं ।

यामाहा नेपालले अन–रोडर अफ–रोड एड्भेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५ आर सार्वजनिक गरेको छ ।


यो यामाहाको डुअल–पर्पोज सेगमेन्टमा नवीनतम अफर हो । जुनरोड पर्फर्मेन्समा सम्झौता नगरी अफ रोड सवारीको रोमाञ्च खोज्नेहरूका लागि डिजाइन गरिएको छ ।

यसमा १५५सीसी लिक्विड–कूल्ड, भीभीए इन्जिन यामाहाको उन्नत प्रविधिबाट तयार गरिएको छ । त्यस्तै हल्का तौल र टिकाउ फ्रेम – अफ रोड ट्रेलहरूमा उत्कृष्ट गतिशीलता र सहनशीलताको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।

लङ ट्राभल सस्पेन्सन, २४५ मि.मि. उच्च ग्राउन्ड क्लियरेन्सर, २१ इन्च फ्रन्ट ह्वीललगायतका सुविधा रहेको कम्पनीले जनाएको छ ।