काठमाडौं ।
ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमी लक्षित ग्लोबल ‘म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरुलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानीय समुदायहरुमा आर्थिक सशक्तिकरणमा सहयोग पुग्ने गरी बैंकले उक्त कर्जा ल्याएको हो ।
यस योजनाले महिलाहरुलाई उद्यमी भई व्यवसाय संचालन गर्न प्रोत्साहित गर्नेछ । महिलाहरुले नेतृत्व गरेको कृषि, उत्पादन, प्रसोधन तथा बजारीकरण क्षेत्रको घरेलु, साना तथा मझौला उद्योगलाई बैंकले विशेष प्रथमिकता दिइ कर्जा प्रदान गर्नेछ ।
यस योजनाअन्तर्गत न्यूनतम् ब्याजदरमा महिला उद्यमीहरुलाई १० करोड रुपियाँसम्मको कर्जा प्रदान गर्दछ । महिलाहरुको कम्तीमा ५० प्रतिशत स्वामित्व भई उहाँहरुकै नेतृत्वमा व्यवसाय संचालन भएका व्यवसायहरु मात्र यस कर्जाका लागीयोग्य हुनेछ । यो कर्जा योजनाअन्तर्गत ग्लोबल ‘म उद्यमी कर्जा’ लिंदा बैंकले उद्यमी डिजिटल उपहार प्रदान गर्नेछ ।











प्रतिक्रिया