काठमाडौं ।
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीको कार्यकाल सकिएपछि उक्त पदमा गोविन्द घिमिरे नियुक्त हुनुहुने भएको छ ।
हाल सोही बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत घिमिरेलाई बैंक सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । सुनिल केसीले फागुन मसान्तमा आफ्नो दोस्रो कार्यकाल पूरा गर्दै हुनुहुन्छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार एउटै व्यक्तिलाई दुई कार्यकालभन्दा बढी प्रमुख कार्यकारी अधिकृत बनाउन पाइँदैन । घिमिरे सन् २००९ देखि नै बैंकमा आबद्ध हुनुहुन्छ । सन् १९९५ मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ करियर सुरु गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएस र कानुनमा स्नातक गरेका छन् ।
बैंकको सञ्चालक समितिले अर्का नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको छ ।











प्रतिक्रिया