काठमाडौं ।
समृद्धि फाइनान्स कम्पनीको आयोजनामा पुतलीसडकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजित उक्त कार्यक्रममा ७२ पिन्ट रगत संकलन गरिएको थियो ।
समृद्धि फाइनान्सले यसअघि इटहरी शाखा र जनकपुर शाखामार्फत पनि रक्तदान कार्यक्रम आयोजना गरिसकेको छ । यस महिनाभर तीनवटै शाखाबाट जम्मा १३१ पिन्ट रगत संकलन भएको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ वटा शाखाहरुमार्फत कारोबार गर्दै आएको छ ।











प्रतिक्रिया