काठमाडाैं ।
राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले महिला अधिारका लागि कानून बनाउने कुरामा नेपाल अगाडी भएपनि त्यसलाई पालना गर्ने कुरामा सधै पछाडी परेको बताउनुभएको छ ।
११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मूल समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष घिमिरेले। कानुन बनाउने कुरामा अगाडि भए पनि त्यसको पालना गर्ने कुरामा पछि परेको बताउनुभएको हो । उहाँले कानूनलाई कसरी लागु गर्ने भन्ने कुरा नियतमा निर्भर रहेको चर्चा गर्दै महिला सम्बन्धित सम्बैधानिक ब्यबस्थालाई समेत गलत ब्याख्या गरिएकोमा चिन्ता ब्यक्त गर्नुभयो ।
उपाध्यक्ष घिमिरेले हाम्रो संविधानले राष्ट्रपति वा उपराष्ट्रपतिमा महिला एक जना भन्यो । तर त्यहाँ वा र र को शब्दमा व्याख्या फरक ढंगले गरिएको बताउँदै पालिकाको प्रमुख र उपप्रमुखमा एक जना महिलाको व्यवस्था ग¥यौँ तर त्यसको व्याख्या पनि गलत नियतका साथ भएको छ भन्नुभयो । संविधान र कानुनमा लेखिएका कुराहरूलाई ती हिजोका अभ्यास र कतिपय व्यवहारमा लागू हुँदा कसरी लागू गर्ने भन्ने कुराहरू सम्बन्धित निकायमा सम्बन्धित प्रतिनिधिहरूको हातमा भएकाले महिलाहरु यसबाट प्रभावित भएको धारणा उहाँको थियो ।
‘कानुन बनाउने कुरामा हामी अगाडि छौँ । त्यही कानुनलाई, संविधानलाई कसरी बुझेका छौँ ।, उहाँले भन्नुभयो ‘संविधानमा लेखिएका कुराहरू अक्षरशः पालना भए मात्रै सबैको हक र अधिकार सुनिश्चित हुन्छ’ कानूनलाई सही ढङ्गले वा बेठिक ढङ्गले व्याख्या गर्ने भन्ने कुरा भएकोले कानुनी हिसाबमा कानुनलाई कसरी लागू गर्ने भन्ने कुरामा ध्यान दिन आग्रह गर्नुभयो।
कानून निर्माणको थलोबाट महिला आन्दोलन र अधिकारसँग जोडिएका प्रस्तावहरूहरुलाई अगाडी बढाउन जरुरी रहेको बताउँदै उपाध्यक्ष घिमिरेले हरेक सामाजिक आन्दोलनबाट उठेका मुद्दाहरुलाई संविधानमा लिपिबद्ध गरेको र कार्यान्वयनमा खबरदारी आवश्यक भएकोमा जोड दिनुभयो ।











प्रतिक्रिया