नेपालमै गुणस्तरीय औषधि उत्पादन गर्ने कल कारखाना तथा उद्योग सञ्चालनमा

2.73k
Shares

वीरगन्ज । 

नेपालमै नेपालीले नै गुणस्तरीय औषधि उत्पादन गर्ने ठुला ठुला उद्योग, कल कारखाना सञ्चालन भएका छन् । गरे के हुन्न भन्ने कुरालाई म्याग्नस फर्मा प्रा.लिले प्रमाणित गरेर देखाएको छ । यो १६ वर्ष पुरानो औषधि कम्पनी हो । यो कम्पनीले  वीरगन्जबाट १०९ ब्रान्ड सहित २०७ प्रकारका उच्च गुणस्तरीय औषधि उत्पादन, विक्री वितरण गरिरहेको छ । 

यो कम्पनीले नेपालमै पहिलो पटक मधुमेह, अल्जाइमर्स, हेपाटाइटिस सी र बी, मिर्गौला रोगको औषधि सहित ५ प्रकारका इन्जेक्टेबल नयाँ औषधिहरू ल्याएको छ । म्याग्नसले नेपालमा मात्र नभै विश्व बजार भेनेजुएला, मोरिसियस लगायतका देशमा  समेत औषधिहरू निर्यात गर्दै आएको प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के बताउनुहुन्छ । 

उहाँ उत्साहित हुँदै भन्नुहुन्छ-नेपालीले धेरै काम गर्न सक्छन् । यही अवस्थामा विस्तार अघि बढाउँदा विजय सम्भव छ । हामीले कुनै कमजोर औषधि उत्पादन गर्दैनौ । विश्व स्वास्थ्य संगठनले जीएमपी सर्किफाई गरेको छ । अब नेपालमा मात्र हैन युरोपमा औषधि निर्यातका लागि सर्किफाई गर्दछौ । राम्रो गर्‍यो भने नेपालको विकास सम्भव छ । सकारात्मक र नकारात्मक दुवै सोचले कार्यक्षेत्रलाई मजबुत बनाउन र अघि बढ्न प्रेरित गर्छ । सबैले नकारात्मक मात्र सोच्नुहुन्न ।

४० वर्षमा नआएका समस्या औषधि कम्पनीमा देखा परेको छ । १ अर्ब लगानी गरेर औषधि कम्पनी चलाएका छौ । यसले स्वरोजगार, आर्थिक उपार्जन गर्दै सम्भावनाको बाटो खोलेको छ । कार्य क्षेत्रमा देखा परेका जति पनि चुनौती छन् ती अघि बढ्ने शुभसंकेत हुन् । विश्वका ठुला-ठुला मुलुक जापान लगायतका मुलुकको विकास विनास पछि नै भएका छन् । विज्ञानले पनि चुनौती नै विकासका आधार हुन भनेको छ ।

चुनौती नै अवसर हुन । नेपाली औषधिमा गुणस्तरीयता कमी भएका समाचार बाहिरिएका छन् । सबै औषधि कम्पनीलाई नबुझी एकै प्रकारले हेर्नु भन्दा कम्पनी भिजीट गरेर प्रत्यक्ष हेरी, बुझी जस्तो अवस्था देखिन्छ त्यसैलाई सम्प्रेषण गर्नका लागि पत्रकारहरूलाई कम्पनी भिजिट गराएका हौ । 

उहाँ भन्नुहुन्छ-नेपालको औषधि कम्पनीमा स्वचालित वे हाउस पहिलो पटक म्याग्नस फर्माले सुरु गरेको छ । त्यस्तै नोडल स्प्रे पनि नेपालमै पहिलो पटक सुरु गर्दछौ ।  त्यस्तै म्याग्नस फर्मा प्रा.लि का. चिफ एक्जुकेटिभ, मञ्जुली श्रेष्ठ भन्नुहुन्छ— म्याग्नस फर्माले गुणस्तरमा सम्झौता गर्दैन । नेपाली अन्य कम्पनीहरुले सुरु नगरेको ३४ जटा मलिकुल विश्वमा नभएको नेपालमा म्याग्नसले उत्पादन सुरु गरेको छ ।

यी औषधिहरू नसा, छाला, हाडजोर्नी, फोक्सो, डिमेन्सिया, ग्याष्ट्रो, हेपाटाईटीस सी र बी, उच्च रक्तचाप, क्रोनिक डिजिजका लागि प्रयोग गरिने औषधिहरू छन् । नेजल नेपाली कम्पनीमा पहिलो पटक उत्पादन गर्दछौ । नेपाली औषधि कम्पनीको माईलस्टोनका रूपमा स्थापित म्याग्नसले नेपालको इतिहासमा १८ महिनामा सन् २०२३ र २०२४ मा विश्व स्वास्थ्य संगठनबाट २ पटक उच्च गुणस्तर औषधि उत्पादन गर्ने कम्पनीका रूपमा सम्मानित हुनु खुसीको कुरा हो । नेपाली औषधि उत्पादकलाई प्रोत्साहन गरौँ, निर्यात गरौँ, युवा पुस्तालाई स्वदेशमै विदेश सरह स्वरोजगार सृजना गरौँ भन्नुभयो ।  

उहाँले इन्जेक्टेवल औषधिका लागि नेपालले विदेशको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य गर्दै म्याग्नसले नेपालमै गुणस्तरीय र सुरक्षित औषधि उत्पादन सुरु गर्नु महत्त्वपूर्ण कुरा हो । यो कम्पनीले ३ सय ६६ जनालाई प्रत्यक्ष रूपमा रोजगारी दिएको छ । 

त्यस्तै म्याग्नस फर्माका क्वालिटी एसुरेन्स मेनेजर कमलेस यादवले बिरामीलाई इन्जेक्सनबाट औषधि दिँदा सिधै नसा, रगतमा पुग्छ र छिटो नतिजा दिन्छ । यस्तो औषधिको गुणस्तर राम्रो हुनुपर्छ । नेपालमा इन्जेक्सनबाट दिने औषधि ४ वटा कम्पनीले मात्र उत्पादन सुरु गरेका छन् । इन्जेक्सनबाट दिने औषधि उत्पादन धेरै खर्चिलो छ ।

औषधि उत्पादक लागि आवश्यक पर्ने कच्चा पदार्थ देखि हावा, पानी, उत्पादन गर्ने कम्पनीको सरसफाइ लगायत प्याकिङ सबैमा विशेष सुरक्षा अपनाउनुपर्छ । गुड म्यानिफ्याक्चर, गुणस्तरका विषयमा हरेक २ वर्षमा औषधि व्यवस्था विभागले अनुगमन गर्छ । औषधि एक पटक मात्र गुणस्तरीय बन्ने हैन हरेक पटक गुणस्तरीय बन्नुपर्छ । औषधि उत्पादनको हरेक समयमा तालिम र परीक्षण भइरहनुपर्छ । औषधि उत्पादनमा अपनाउनुपर्ने गुणस्तरीय मेशिन व्यवस्थापनमा धेरै समय र खर्च लाग्छ भन्नुहुन्छ ।

उहाँले औषधि उत्पादन क्षेत्रमा हावा माइक्रोवायोलोजी ल्याबमा हेपा फिल्टरबाट हावा फिल्टर गरेर भित्र पठाई निर्मलीकरण प्रविधिबाट निर्मलीकरण गर्नुपर्छ । परीक्षण हुनुपर्छ,औषधिको भ्याद २४ महिना आउँदा ३६ महिना सम्म काम गर्ने हुनुपर्छ । औषधिको म्याद २४ महिना प्लस सम्म काम गर्छ तर तोकिएको म्याद भन्दा पछि बजारमा पठाउन मिल्दैन । औषधिलाई कति तापक्रममा राख्ने, कति तापक्रममा काम गर्छ भनेर ४० डिग्री सम्मको तापक्रममा राखेर हेरिन्छ ।

कहिलेकहीँ प्याकेजसङले पनि औषधि बिगार्न सक्छ । त्यसैले औषधि मात्र गुणस्तरीय बनेर हुन्न प्याकेजिङ पनि गुणस्तरीय हुनुपर्छ । लेबलिङ अर्को महत्त्वपूर्ण विषय हो । औषधि भन्दा प्याकेजिङ महँगो पर्छ । औषधिको प्याकेजिङ, बजार, सुरक्षा धेरै महँगो हुन्छ । जस्तासुकै चुनौतीमा पनि औषधिको गुणस्तरमा कमी आउनुहुन्न । ६ हजार करोडको नेपाली मार्केट छ । नेपाली औषधिले ५० प्रतिशत धानेको छ । नेपालमा ७६ वटा कम्पनी छन् । नेपालमा ४ वटा कम्पनीले मात्र इन्जेक्टेवल औषधि कुल आयातको १० प्रतिशत धानेको छ । नेपालले इन्जेक्टेवल औषधि बर्सेनि १८ सय करोडको आयात गरिरहेको छ भन्नुहुन्छ । 

नेपालमा औषधिको मूल्य समायोजनका विषयमा सरकारले औषधि उत्पादकहरूसँग एक पटक पनि कुरा नगरी विदेशीको इशारामा चलेर औषधिको मूल्य समायोजनका नाममा नेपाली औषधि कम्पनीलाई दुःख दिन खोज्दै छ । बर्छौ देखि नेपालमा उत्पादित औषधिको मूल्य बढेको छैन । भारतबाट आउने औषधिको मूल्य ४ गुन बढी नेपालले खरिद गर्छ तर नेपाली औषधिको मूल्य बढी भयो समायोजना गर्नुपर्छ भन्दै विदेशीको इशारामा नेपाली औषधि कम्पनीलाई धरासायी बनाउन सरकार लागि परेको छ । एपोनलाई सल्लाह सम्म गरेको छैन यसमा हाम्रो ठुलो आपत्ति छ मास्के भन्नुहुन्छ ।