काठमाडौं ।
गृहश्रमिक महिलाहरुले आफ्नो पहिचानको माग गरेका छन्
गृह श्रमिक सरोकार समाज नेपाल र मानव अधिकारका लागि महिला एकल महिला समूहले आज काठमाडौँमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी गृह श्रमिक महिलाहरूले घरमा बसेर गर्ने कामको उचित मूल्य, पहिचान, र पेन्सनको व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।

छलफलमा लामो समय गृह श्रमिकका रूपमा काम गर्दै आएकी अप्सरा महर्जनले घरको सबै काम भ्याएर अतिरिक्त समयमा महिलाहरूले गर्ने कामको कानुनी मान्यता, ज्याला निर्धारण, सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने श्रमिक सरह पारिश्रमिक पाउनुपर्नेमा जोड दिएकी छन् ।
अधिवक्ता गोमा निरौलाले श्रम ऐन संशोधन गरी गृह श्रमिकलाई पनि सम्बोधन गर्नुपर्ने बताइन् । त्यसै गरी अधिवक्ता सविन श्रेष्ठले घरेलु कामदार र गृह श्रमिक फरक क्षेत्र भएकाले कानुनले पनि फरक रूपमै सम्बोधन गर्नुपर्छ । उनले गृह श्रमिक भनेर पहिचान नदिने हो भने गृहश्रमिकहरुलाई सरकारले बेरोजगार घोषणा गरिदिनुपर्ने विचार व्यक्त गरिन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य रमा कोइरालाले सरकारले सञ्चालन गरेका ठुला उद्योगहरू विस्तार बन्द हुँदै गइरहेको अवस्थामा अनौपचारिक रूपमा अर्थतन्त्रलाई गृह श्रमिकले ठुलो टेवा दिँदै आएका छन् ।
नेपाली महिला गृहश्रमिकहरु दुबई, साउदी लगायतका मुलुकमा ठुलो संख्यामा गइरहेको अवस्था छ । नेपालमै आईएलओ अभिसन्धि १७७ लागु हने हो भने नेपालमै यी श्रमिकले रोजगारी पाउने छन् ।

गृह श्रमिक सरोकार समाजका अध्यक्ष प्रभा पोखरेलले न्यूनतम ज्याला वा गोटाको दरले पनि श्रमिकको श्रमको मूल्य तोकिनुपर्छ । उनले हामी श्रमिक हौ श्रमिक बराबरको मान्यता पाउँ भनी एक सूत्रीय माग सहित यावे वर्षको श्रमिक दिवमा बुलन्द आवाज उठाउँदै छौं ।

उपासना राणा मानव अधिकारका लागि महिला एकल महिला समूहका कार्यकारी निर्देशक भन्नुहुन्छ, गृह श्रमिक पनि श्रम ऐनमा समेटिनुपर्छ भनी स्थानीय तह देखि नै पहल गर्दै छौँ । प्रदेश स्तर हुँदै केन्द्रीय स्तरमा पनि आवाज उठाउँदै छौँ । एकल महिला समूह देश भरी छरिएको छ ।

८० प्रतिशत एकल महिला अशिक्षित छन् र अनौपचारिक क्षेत्रमा काम गर्छन् तर राज्यको ध्यान नगएको र सामाजिक सुरक्षा भित्र नपरेको अवस्था छ ।

१० हजार भन्दा बढी गृह श्रमिक यो समूहले समेटेको छ । उनीहरूलाई पहिचानसहित सामाजिक सुरक्षा कोषमा पर्नुपर्ने माग गरेकी छन् । बुढानीलकण्ठ लगायतका कतिपय नगरपालिकाले समेटीसकेको छ ।











प्रतिक्रिया