नवलपरासी ।
नवलपरासी वर्षौंको सास्ती र प्रतिक्षा पछि पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डमा बिस्तार तथा निर्माण काम धमाधम भएको छ ।
यहाँका विभिन्न बजार,जंगल र बस्ती क्षेत्रमा एक दिन बिराएर सडक पिच गर्ने कार्य भई रहेको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर राकेश झाले बताए । तर स्थानीयको भनाईमा यहीँको दाउन्ने पहाड खण्डमा सडक बिस्तार तथा निर्माणको कार्य कछुवा चालमै रहेको छ । उकालो ओरालो र कठीन भूगोलको बहानामा कलभर्ट निर्माण,भित्ता कटिङ्ग, छेउभाग मिलाउन र भत्केका वाल उठाउनमै सडक बिस्तारको जिम्मा लिएको चाईना कम्पनी वर्षौं देखि रूमलिएको छ ।
दाउन्नेको बिजोग बाटो र यहाँको काम गराई हेर्दा यस वर्षा पनि यो खण्डमा पिच हुने सम्भावना नदेखेको यात्रुहरू बताउछन् ।
फोरलेन सडक बिस्तार आयोजना निर्देशनालय पूर्वी खण्डका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार दाउन्ने पहाड खण्डमा साना ठूला गरि १ सय ३ पुल तथा कलभर्टमा अहिले काम भई रहेको छ । जसमा दाउन्ने पहाडको पूर्वी नवलपरासी क्षेत्रका ३३ मध्ये ४ कलभर्टको काम बाँकी नै रहेको छ । पश्चिम दाउन्ने पहाडी खण्डमा ७० कल्भर्ट छन्, तिनमा केहीमा काम चलि रहे पनि अधिकांशको भने निर्माण सकिएको खनालले बताए ।
सागुरो भूवनोट रहेको दाउन्ने क्षेत्रमा सवारीको चापले दिनहुँ सडक जाम लाग्ने गरेको छ, सेक्सनमा बाडेर काम गर्न कठीनाई छ, त्यसैले समथर भू भागमै पहिला एक तर्फी पिच सक्ने गरी काम भई रहेको खनालले जानकारी दिए । खनालले भने अहिले अरूणखोला दुम्किबास तर्फ बजार तथा जंगल क्षेत्रमा बेस,सवबेस मिलाउँदै पिच गर्ने र वर्षा अगाबै बिनयी पुलको निर्माण सक्ने गरि तिव्र गतिमा काम भई रहेको छ ।
दुम्किबास बजार स्थित बिनयीको पुराना फलामे पुल अत्यधिक भार लिएर आएको भारतीय ट्रेलरले ठक्कर दिई भाचे पछि हाल खोलामा डाईभर्सनबाट यातायात सुचारु गरिएको छ । पुरानो पुल मर्मतमा समय लाग्ने र ठूलो पानी पर्न थाले पछि डाईभर्सन गर्न नमिल्ने हुँदा कम्पनीलाई बिनयी खोला पुलको काम वर्षा नलाग्दै सक्न दबाब बढेको हो ।
यसै सम्बन्धमा निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर राकेश झा भन्छन् दाउन्ने डाडा तर्फको करिव ४ किमि क्षेत्रमा काम नसकीए पनि दुम्किबास देखि गैडाकोट सम्मको ६१ किमि र अर्को तर्फ ३० कि मि बढी सडक वर्षा अघिनै पिच गरेर सकिने छ ।
दाउन्ने खण्डमा पिचै गरि हाल्न नभ्याए पनि बक्स कल्भर्ट र रिटेनिङ्गवाल सम्पन्न भएका ठाउँलाई सम्याएर यातायात संचालनमा सहज बनाईने कन्सल्टेन्ट म्यानेजर झाको भनाई रहेको छ ।
उनले भने सडक निर्माणको काममा ढिलाई हुन नदिन पूर्वी खण्डका विभिन्न ठाउँमा करिव ६ सय बढी जनशक्ति सहित ८० टिप्पर,१७ ग्रेडर १७ रोलर प्रयोग गरिएको छ ।
सम्मठाम, धमाधम काम
गैडाकोट देखि दुम्किबास सम्मका विभिन्न स्थानमा पछिल्लो अढाई महिना देखि निर्माण र पिचको काम धमाधम भई रहेकोले यही मार्चको अत्य सम्ममा सडक निर्माणको भौतिक प्रगति पूर्वी खण्डमा ६० प्रतिसत पुग्ने बताइएको छ । त्यसै गरि पश्चिम परासी र रूपन्देही क्षेत्रमा प
पश्चिम तर्फका अधिकांश पुल कल्भर्ट बनि सकेको र बाँकी १ रोहिणी खोलामा पनि गर्डर राखेर पुलको स्ल्याब ढलाई गर्ने काम अन्तिम चरणमा रहेको मिश्रले जानकारी दिए । त्यसै गरि दाउन्ने पहाडको खुर्सानी खोला सम्म पिच गर्ने काम आँउदो साता सकिने हुँदा मार्च महिना भित्रै बुटवल देखि बर्दघाट सम्म एक तर्फी पिचको काम पूरा भई यातायात संचालनमा सहजता आउने मिश्रले बताए ।
बताइए अनुसार सडक निर्माण कार्यमा पश्चिम खण्डमा हालको अवस्थामा भौतिक प्रगति ५७ र आर्थिक प्रगति ५० प्रतिसतको हाराहारी रहेको छ ।झण्डै ६ वर्ष अघि ४२ महिनाको अवधिमा काम सक्ने गरि यस सडक बिस्तार तथा निर्माणको जिम्मा १६ अर्व ९९ करोड ५२ लाखमा चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन प्रालिले लिएको थियो ।
देशकै मध्यक्षेत्र,राजधानीसंगको मुख्य लाईफलाइन राष्ट्रिय गौरवको यस आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल चैत ८ गते बुटवल पुगेर शिलान्यास गरेका थिए । सुरूवाती दिन देखिनै सडक किनाराका रूख बिरुवा, बिद्युतका पोल र खानेपानीका पाइप हटाउन कठिनाइ भएको लगत्तै कोरोनाका कारण काम हुन नसकेको जनाउदै निर्माण कम्पनीले पटक पटक काममा ढिला सुस्ती गर्दै आएको छ ।
निर्माण कम्पनीले निस्चित ठाउँको काम सकेर अघि बढ्नुको साटो पुरै सडक उदारेर बीच बीचमा काम छाडिदिदा सडक निर्माणका क्रममा सडक छेउका स्थानीय तथा यात्रुले बर्षौं देखि धुलो र हिलोको सास्ती खेपी रहनु परेको कावासोतीका यम महतोले बताए ।











प्रतिक्रिया