काठमाडौं ।
पोखराको लेकसाइडस्थित बाराहीघाटमा मानव सेवा फाउन्डेसनद्वारा कोटिहोमको भूमिपूजन रोक्न खोज्दा पोखरामा नगर प्रहरी र कोटीहोम सञ्चालकबीच झडप भएको छ ।
कोटीहोम आयोजनाका लागि गरिएको भूमिपूजनलाई लिएर दुई पक्षबीच झडप भएको हाे ।
सोही क्रममा आज भूमिपूजन भइरहेको बेला नगर प्रहरीले पूजारीलाई रोक्न खोज्दा कोटिहोम सञ्चालक र नगर प्रहरीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
महानगरको अनुमतिबिना सञ्चानल गर्न लागिएको भन्दै नगरप्रहरी त्यसलाई रोक्नतर्फ लागेका हुन्।











प्रतिक्रिया