लेखकद्वय प्रेम रावत र विपुलद्वारा नयाँ विश्व रेकर्ड


गत २ मार्चमा अन्तर्राष्ट्रिय लेखक प्रेम रावत तथा भारतीय लेखक विपुल रिखीले एकसाथ ‘बहुलेखकद्वारा पुस्तक वाचन’ मा सबैभन्दा धेरै सहभागीहरू भएको नयाँ विश्वकीर्तिमान बनाउनुभयो ।

उत्तर प्रदेशको मिर्जापुरस्थित राजविद्या केन्द्रद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रममा १,३३,२३४ जना मानिसहरूको विशाल समूहलाई सम्बोधन गरिएको थियो । यो सन् २००० मा जे.के. रोलिङ तथा क्यानाडाका दुई लेखकद्वारा २०,२६४ जना मानिसहरूका बीचमा गरिएको अघिल्लो कीर्तिमानभन्दा करिब १,१३,००० जना बढी सहभागी सङ्ख्या हो ।

प्रेम रावत न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री भएको पुस्तकका लेखक हुनुहुन्छ र उहाँले ‘स्वयम् की आवाज (हियर योरसेल्फ) जस्तो चर्चित पुस्तक लेख्नुभएको छ । उहाँले आफ्नो नयाँ पुस्तक ‘श्वासः जीवन के प्रति जागरुक होँ (ब्रेथः वेक अप टु लाइफ) को अंश पढ्नुभयो ।

यस पुस्तकलाई अंग्रेजीमा प्यान म्याकमिलन र हिन्दीमा हार्पर कोलिन्स भारतद्वारा प्रकाशन गरिएको छ । उहाँले आफ्नो पुस्तक यसरी पढेर सुनाउनुभयो– ‘श्वास तपाईँभित्र आउँछ अनि तपाईँ जीवित हुनुहुन्छ । यो सिंगो ब्रह्माण्डमा व्याप्त शक्ति नै तपाईँभित्र श्वासका रूपमा आउँछ अनि तपाईँलाई जीवन दिन्छ । ती अविनाशी र अनन्तको अनभूति गर्नुहोस् । तपाईँ उनीसँग जोडिएको क्षणमा यो श्वास अनन्त हुन पुग्छ । भित्रतिर मोडिनुहोस् ।

यो श्वासलाई अनुभूत गर्नुहोस् । यही नै सबैभन्दा अद्भूत चमत्कार हो । तपाईँले खोजिरहनुभएको आनन्द बाहिर छैन । त्यो आनन्द त तपाईँभित्र उपलब्ध हुन्छ ।’ यस कार्यक्रममा विपुल रिखीले पनि आफ्नो पुस्तक ‘ड्रङ्क अन लभः ‘कबिरका रचनाहरूको काव्यात्मक व्याख्याको अंश पढ्नुभयो । यो पुस्तक पनि हार्पर कोलिन्स भारतद्वारा प्रकाशन गरिएको हो । उहाँले कबिरका यी दोहाको अनुवाद यसरी सुनाउनुभयो– ‘श्वास श्वास मेँ नाम ले विरथा श्वास मत खोये, ना जाने इस श्वास का फिर आवन होये ना होये ।’

यो प्रेम रावतको तेस्रो गिनिज विश्व रेकर्ड हो । यसअघि उहाँले सन् २०२३ मा दुईवटा रेकर्ड बनाउनुभएको थियो । यसमध्ये एकल लेखकद्वारा लिखित पुस्तक वाचनमा सबैभन्दा बढी १,१४,७०४ जना सहभागी संख्याको कीर्तिमान कायम भएको थियो । यसरी नै सबैभन्दा धेरै ३,७५,६०३ जना दर्शकहरूका बिचमा ‘प्रवचन’ (लेक्चर) गरिएको अर्को कीर्तिमान बनेको थियो । हालको यो नयाँ कीर्तिमानले उहाँको प्रेरणादायक शान्ति र आशाको विश्वविख्यात सन्देशको लोकप्रियतालाई दर्शाउँछ । यसबाट भारतवासीदेखि संसारभरकै लाखौँ मानिसहरूमा प्रभाव परिरहेको छ ।

कार्यक्रमका सन्दर्भमा राजविद्या केन्द्र तथा अन्तर्राष्ट्रिय संगठन ‘वर्डस अफ पिस ग्लोबल’ का प्रवक्ता लोहित शर्मा भन्नुहुन्छ, ‘यो ऐतिहासिक आयोजनाको यस्तो भव्य अनि उत्साहजनक प्रतिक्रिया देखेर म एकदमै उत्साहित भएको छु ।’ उहाँ थप्नुहुन्छ, ‘यस कार्यक्रमले के दर्शाउँछ भने, प्रेम रावतको सन्देशले मानिसहरूलाई शान्तितर्पm प्रेरित हुनका लागि एकदमै प्रभावशाली भूमिका निर्वाह गरेको छ ।’

प्रेम रावतको बारेमा कुरा गर्दा उहाँले सन् १९७० को दशकमा एक विलक्षण प्रतिभाशाली बालक तथा किशोर व्यक्तित्वका रूपमा यात्रा शुरु गर्नुभयो र पछि शान्तिदूत एवम् न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने पुस्तकका लेखकका साथै गिनिज विश्व रेकर्ड प्राप्त व्यक्तित्व बन्न पुग्नुभयो । केवल ४ वर्षको उमेरमा उहाँको सन्देश प्रकाशित भएको थियो । प्रेम रावत अमेरिकामा बस्नुहुन्छ तर वर्षमा ९ महिनासम्म अन्तर्राष्ट्रिय जगत्मा यात्रा गरिरहनुहुन्छ । ती क्षेत्रहरूमा पुगेर उहाँ मानिसहरूलाई आन्तरिक शान्तिको अनुभव गर्नुहोस् भनेर प्रेरित गर्नुहुन्छ ।

उहाँको चर्चित पुस्तक स्वयम् की आवाज (हियर योरसेल्फ) संसारभर लोकप्रिय बनेको छ । उहाँको नयाँ पुस्तक ‘श्वासः जीवन के प्रति जागरुक होँ’ (ब्रेथः वेक अप टु लाइफ) लाई अंग्रेजीमा प्यान म्याककामिलन र हिन्दीमा हार्पर कोलिन्स भारतद्वारा प्रकाशन गरिएको छ र यसलाई हालको कीर्तिमान कायम गर्ने कार्यक्रममा पढिएको हो ।

तयस्तै विपुल रिखी एक लेखक, गायक, कवि, कथाकार तथा अनुवादक हुनुहुन्छ । उहाँ विगत १० वर्षदेखि कबिर र अन्य भक्ति तथा सुफी कविहरूको मौखिक परम्परासँग गहन तवरले जोडिनुभएको छ । उहाँको भर्खरै प्रकाशित ‘वन प्यालेस अ थाउजेन्ड डोरवेज’ नामक पुस्तक चर्चित भएको छ । हार्पर कोलिन्स भारतद्वारा प्रकाशित उहाँको ‘ड्रङ्क अन लभ’ पुस्तक कबिरका कविताहरूमा आधारित छ । यस पुस्तकको केही अंशलाई गिनिज विश्व रेकर्ड कार्यक्रममा प्रेम रावतका साथ पढिएको थियो ।