प्रेम रावतले जे.के. रोलिंगको बुक रिडिङ रेकर्ड तोडे नयाँ गिनीज वल्र्ड रिकॉर्ड बनाए


भारतमा एकभन्दा बढी लेखकहरूद्वारा पुस्तक वाचनमा अहिलेसम्म ज्यादा दर्शक संख्या १ लाख ३३ हजार २ सय ३४ मा पुगेको छ । २ मार्च २०२५ मा अन्तर्राष्ट्रिय लेखक प्रेम रावत र भारतीय लेखक विपुल रिखीले एकै साथ एकभन्दा बढी लेखक पुस्तक वाचनमा नयाँ गिनीज वल्र्ड रेकर्ड राखेका हुन् ।


मिर्जापुर, उत्तर प्रदेशमा राज विद्या केंद्रद्वारा आयोजित यस ऐतिहासिक कार्यक्रममां १ लाख भन्दा बढी व्यक्तिद्वारा विशाल समूहको संबोधित गरिएको हो । यो संंख्या जे.के. रोलिंग र कनाडाका दुई लेखकद्वारा वर्ष २००० मा बनाएको २० हजार २ सय ६४ व्यक्तिहरूको पछिल्लो रेकर्डभन्दा लगभग १ लाख १३ हजार भन्दा बढी हो ।


प्रेम रावत, जो न्यूयॉर्क टाइम्सका बेस्टसेलिंग लेखक हुन् । र स्वयमको आवाज (ज्भबच थ्यगचकभाि)“ जस्ता चर्चित पुस्तक लेखिसकेका छन् । उनले आफनो नयाँ पुस्तक “श्वास ः जीवनको प्रति प्रति जागरूक हौ ं(द्यचभबतज स्ध्बपभ ग्उ तय ीषभ)“ को अंश पढे । यो पुस्तक अंग्रेजीमा पैन मैकमिलन बलम र हिंदीमा हार्पर कॉलिन्स इंडियाद्वारा प्रकाशित गरिएको छ ।
उनले उनको पुस्तकबाट पढेर सुनाए कि ः


“श्वास भित्र जान्छ र तपाईँ जीवित रहन्छ । जो शक्ति पूरै ब्रह्मांडमा व्याप्त छ, त्यही श्वासको रूपमा तपाईँको शरीरभित्र जान्छ र तपाईलाई जीवन दिन्छ । जो अविनाशी छ, अनन्त छ उसलाई महसुस गर्नु । र जब तपाईँ त्यससँग जुडिन्छ । त्यस पल श्वास अनन्त हुन जान्छ । भित्रतिर हेर्नु, यस यस श्वासलाई महसूस गर्नु । यही सबैभन्दा अविश्वसनीय चमत्कार हो । जुन आनंदलाई तपाईँ खोज्नुहुन्छ, त्यो बाहर छैन, तपाईंको भित्रै रहेको छ ।


यस आयोजनामा विपुल रिखीले पनि उनको पुस्तक (ड्रंक ऑन लव) ः कबीरका रचनाहरूको काव्यात्मक व्याख्या” को अंश पढे ।

यो प्रेम रावतको तेस्रो गिनीज वल्र्ड रिकॉर्ड हो । यसअघि उनले २०२३ मा दुई रेकर्ड बनाएका थिए । ‘एक लेखक पुस्तक वाचन’ मा सबैभन्दा बढी दर्शक संख्या, जसमा १ लाख १४ हजार ७ सय ४ व्यक्ति सामेल थिए । अर्को लेक्चरमा भाग लिनेको संख्या ३ लाख ७५ हजार ६ सय ३ दर्शकसंख्या थिए ।
यो नयाँ रेकर्ड उनका प्रेरणादायक शांति र आशाको सन्देशको विश्वविख्यात लोकप्रियतालाई दर्शाउँछ । जसमा विश्वभरि उनीसँग लाखौं व्यक्ति प्रभावित भइरहेको छ ।

प्रेम रावतको परिचय
प्रेम रावत १९७० को दशका एक बाल प्रतिभा र युवाको आदर्शको रुपमा शुरुवात गरे र पछि शान्ति दूत र न्युयोर्क टाइम्सका बेस्टसेलिंग लेखक तथा गिनीज वल्र्ड रिकॉर्ड धारक बने । उनले लाखौं व्यक्तिहरूलाई प्रेरणा, स्पष्टता र जीवका गहन समझ दिएका छन् ।

मात्र ४ वर्षको उमेरमा उनको पहिलो भाषण प्रकाशित भयो । प्रेम रावत अमेरिकामा रहे पनि बर्षको ९ महीने अंतरराष्ट्रीय यात्रा गर्छन् । उनके व्याख्यामा आधारित “पीस एजुकेशन प्रोग्राम ८७ देशमा देखाएको छ । प्रेम रावत एक वक्ता वा लेखक मात्रै होइनन्, एक आविष्कारक, संगीतकार, कलाकार, फोटोग्राफर र कुशल जेट र हेलीकॉप्टर पायलट पनि हु्न् ।