काठमाडौं ।
काठमाडौं महानगरपालिकालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरणका लागि आवश्यक सहजीकरण गरिदिन भन्दै पत्राचार गरेको छ । बुधबार मन्त्रालयले महानगरलाई पत्र काट्दै सो आग्रह गरेको हो ।
‘प्रस्तुत विषयमा त्यहा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१.०९.०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालयको निर्णयानुसार अनुरोध छ,’मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौँ महानगरलाई बुधबार गरिएको पत्राचारमा भनिएको छ ।
मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोजप्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।












प्रतिक्रिया