अमेरिका हिँडेका दाङका पूर्णबहादुर डाँगीको घानामा मृत्यु


काठमाडौं ।

तल्लो बाटो हुँदै अमेरिका जान लागेका दाङका पूर्णबहादुर डाँगीको अफ्रिकी मुलुक घानामा मृत्यु भएको छ ।

गैरआवासीय नेपाली सङ्घका पूर्वकोषाध्यक्ष हिक्मत थापाले डाँगीको मृत्यु भएको जानकारी दिए ।

सामाजिक सञ्जालमार्फत थापाले भने, “अवैध बाटोबाट मानव तस्करमार्फत अमेरिका जान हिडेका दाङ, शान्तिनगरका पूर्णबहादुर डाँगीको घानामा मृत्यु भएको छ ।”

थापाकाअनुसार डाँगीको शव पोस्टमार्टम र अन्य प्रक्रियाका लागि आकरास्थित एक अस्पतालमा राखिएको छ ।