स्वास्थ्य सचिव देवकोटाद्वारा पदबहाली


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नवनियुक्त सचिव डा.विकास देवकोटाले पदबहाली गरेका हुन् ।

उनले बिहिबार दिउँसो पदभार ग्रहण गरेका हुन् ।


बुधबार बसेको मन्त्रिपरिषदको बैठकले डा. देवकोटालाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो। डा. देवकोटा २०५३ सालमा मेडिकल अधिकृतका रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए ।