राष्ट्रिय कराते टिम म्यानेजरमा भट्टराई


काठमाडाैं ।

नेपाल कराते महासंघको कार्यसमिति बैठकले वार्षिक साधारणसभा बाराको निजगढ नगरपालिकामा चैत ९ मा गर्ने भएको छ ।

महासंघको विधानलाई विश्व कराते महासंघको निर्देशनअनुसार संशोधन गरिने जनाइएको छ । बैठकबाट कोषाध्यक्ष किशोर भट्टराईलाई राष्ट्रिय टिम म्यानेजर र राष्ट्रिय कराते एकेडेमी प्रमुखको रूपमा नियुक्त गरिएको छ ।

शिवराज भट्टलाई सदस्यमा नियुक्त गरिएको छ । प्राविधिक समितिको प्रमुखमा महेशकुमार श्रेष्ठको नाम अनुमोदन गरिएको छ । मजेन्द्र सिंह, गजेन्द्र सावद र दिलीप राजभण्डारी रहने गरी साधारणसभा समारोह समिति गठन गरिएको छ ।

लामो समयदेखि बक्यौता रहेको विश्व कराते महासंघ र एसियाली कराते महासंघको शुल्क सम्वद्ध संघसंस्थाहरूको सदस्यता शुल्कबाट तिर्ने निर्णय पनि गरिएको छ ।