भुकम्प पुनःनिमार्ण कार्यालयको उद्घाटन गर्न गृहमन्त्री लेखक तीन जिल्ला जाँदै


काठमाडौं ।

पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्यांकन र पुनःनिर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ।

गृहमन्त्री रमेश लेखक पुननिर्माण तथा पुन: स्थापना आयोजना कार्यान्वयन सम्पर्क कार्यालयकाे उद्घाटनका लागि भूकम्प प्रभावित जिल्लामा जान लागेका हुन् ।

भुकम्प पीडितलाई राहत वितरण गर्न २३ गते डडेल्धुरमा जादैछन् भने, २४ गते बझाङ र अछाम २५ गते जाजरकोट पुगेर कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी गराइएकाे छ ।