काठमाडौं ।
एमएडब्लु वृद्धि कमर्सियलले चितवनमा नयाँ फोटोन शोरूमको शुभारम्भ गरेको छ । चितवन र आसपासका क्षेत्रका ग्राहकहरूको पहुँच र गुणस्तरीय सेवालाई ध्यानमा राखेर उक्त शोरूम स्थापना गरिएको हो ।
नेपालका लागि फोटोन मोटरको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा यातायातको क्षेत्रमा वास्तविक गेम चेन्जरको रूपमा आफ्नो विद्युतीय सवारी साधन फोटोन माउन्टेन ईभी भ्यान औपचारिक रूपमा शुरू गरेको छ ।
आरामदायी हेडस्पेसको सुविधा दिने हेतुले माउन्टेन ईभी भ्यानलाई अग्लो छत सहितको फराकिलो भित्री भागमा १४ देखि १६ जना यात्रुहरू बस्न मिल्ने गरी कन्फिगर गरिएको छ । ५० दशमलव २३ किलोवाट प्रति घण्टाको ब्याट्रीले एक पटक चार्ज गर्दा २३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ जसले यसलाई नेपालको कठिन भूभागको लागि उपयुक्त बनाउँछ ।
प्रतिक्रिया