प्रधानमन्त्री ओलीको विज्ञ सल्लाहकारमा अग्नि खरेल नियुक्त


काठमाडौं ।

सरकारले एमाले नेता अग्नि खरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले खरेललाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खरेललाई प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । झापाको गौरादह स्थायी घर भएका खरेल यसअघि पूर्वमहान्यायाधिवक्ता पनि थिए ।

विज्ञ सल्लाहकारले राज्यमन्त्री सो सरह सुविधा पाउँछ ।