निर्वाचनअघि नै अध्यक्षसहित ६ पदमा सहमति


काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को अध्यक्षमा कृष्ण अधिकारी निर्विरोध हुनुभएको छ । प्याब्सनको १६ औं राष्ट्रिय महाअधिवेशन फागुन २६ र २७ गते सम्पन्न हुँदैछ ।

अधिवेशनअगावै अध्यक्षसँगै सहअध्यक्षमा गोपालप्रसाद आचार्य, वरिष्ठ उपाध्यक्षमा नवराज महत, महिला उपाध्यक्षमा दिपिका थापा, महासचिवमा आरबी कटुवाल र कोषाध्यक्षमा गणेश पोखरेललाई निर्विरोध चयन गर्नेगरी पाँच पदमा सहमति भएको हो ।


प्याब्सनका पूर्व अध्यक्ष उमेश श्रेष्ठ, प्रमुख सल्लाहकार टीकाराम पुरी र अध्यक्ष डिके ढुंगानाको पहलमा यो सहमति भएको हो । अन्य पदहरूमा पनि सहमति जुटाउने विषयमा छलफल भइरहेको छ ।

पूर्व अध्यक्ष श्रेष्ठले नेपाल समाचारपत्रसँग कुरा गर्दै निर्वाचनभन्दा पनि सहमतिको आधारमा अघि बढ्न उचित देखिएपछि सर्वपक्षीय निर्णय गरिएको जानकारी दिनुभयो ।

प्रमुख सल्लाहकार पुरीले पद बाँडफाँड गर्नेभन्दा पनि सहमतिमा अघि बढ्ने निर्णय भएअनुसार अधिकारीलाई अध्यक्ष र अन्य पदाधिकारीमा सहमति गर्ने निर्णय भएको बताउनुभयो ।