अष्ट्रेलियामा शोभितको पिआर


निर्माता निर्देशक शोभित बस्नेतको निर्देशनमा निर्माणाधीन फिल्म पीआरको अष्ट्रेलियामा सुटिङ भइरहेको छ ।

अस्ट्रेलियाको कोग्रास्थित बैठक रेस्टुरेन्टमा हालै मुहूर्त गरी छायांकन शुरू गरिएको हो।

सलोन सलिना फिल्मस्को ब्यानरमा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्ममा आर ए सुरज पौडेल, राजन कुँवर, पूजा चौधरी, विनिता कार्की, आस्मा अधिकारी, कुशल थापा, विमला खत्री, म्याक्स, कृष्ण थापा, नवीन घायललगायतले अभिनय गर्नेछन्।

ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता तथा एपिआइसिका गणेश केसी कार्यकारी निर्माता रहेको फिल्ममा शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद, मानस राजको संगीत, सौरभ मानन्धरको छायांकन र बन्दे प्रसादको सम्पादन रहनेछ।

निर्देशक बस्नेतका अनुसार फिल्मको छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा भइरहेको छ । २५ प्रतिशत छायांकन भने नेपालमा गरिने उनले जानकारी गराए ।