काठमाडाैं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा विशेषको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको छ ।
आयोगले ललिता निवास प्रकरणमा ११० जना आरोपितविरुद्ध कारबाहीको माग गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो । अख्तियारले ६५ जना जग्गाधनीहरुको जग्गा जफत हुनुपर्ने माग गरेको छ ।
ललिता निवास क्याम्पभित्रको सरकारी सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्ति तथा संस्थाको नाममा कायम गरिएको मुद्दामा विशेष अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो ।
ललिता निवास जग्गा प्रकरणमा मुछिएका आरोपितहरुलाई कम सजाय गर्ने र कतिपयलाई सफाई दिने विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको दाबी छ ।











प्रतिक्रिया