दैनिक ९ हजार नेपाली बाहिरिँदै


१ हजार ६ सय ६३ मेनपावरमध्ये १ हजार मात्र सक्रिय
सबैभन्दा धेरै कामदार एसओएस, लिंक इन्टरनेसनल र प्याराडाइजबाट बाहिरिए

काठमाडौं ।

रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा दैनिक ९ हजार नेपाली विभिन्न देश जाने गरेका छन् । तीमध्ये अधिकांश रोजगारीको लागि भौँतारिँदै विदेश जाने गरेका हुन् ।

अध्यागमन विभागका निर्देशक टिकाराम ढकालले दैनिक ९ हजार नेपाली बाहिरिने गरेको जानकारी दिँदै शनिवारमात्रै पनि ९ हजार १ सय नेपाली विदेशिएको बताउनुभयो । स्वदेशमा उद्यम गर्ने वातारण नबन्नु र शिक्षा आर्जनसँगै काम गर्ने वातावरण स्वदेशम नहुनु र पर्यटन प्रवद्र्धन गर्न नसक्नुजस्ता कारणले नेपाली बाहिरिने गरेका छन् ।

१ हजार ६ सय ६३ मेनपावरमध्ये हाल एक हजारमात्र सक्रिय छन् भने एसओएस, लिंक इन्टरनेसनल र प्याराडाइजबाट सबैभन्दा धेरै कामदार विदेश गएका छन् । गत माघ महिनामा करीब ७ दर्जनभन्दा बढी मेनपावर कम्पनीले एक सय र सोभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारीमा पठाएका छन् ।

त्यसमध्ये १ हजार २ सय १२ जना कामदार पठाएको एसओएस मेनपावर सर्भिस प्रालि बढी कामदार पठाउने कम्पनीहरूको शीर्ष स्थानमा रहेको देखिएको छ । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार १ हजार ३६ जना कामदार पठाएको लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि दोश्रो र ८ सय ६७ जना कामदार पठाएको प्याराडाइज इन्टरनेसनल प्रालि शीर्ष सूचीको तेस्रो नम्बरमा रहेको छ ।

वैदेशिक रोजगार विभागका सूचना अधिकारी गुरुदत्त सुवेदीले विदेश पठाउन सक्रिय मेनपावरको संख्या १ हजारको हाराहारीमा रहेको बताउनुभएको छ ।
माघ महिनासम्ममा कुन मेनपावरबाट कति बाहिरिए ?
१. एसओएस म्यानपावर सर्भिस प्रालि १२१३
२. लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस प्रालि १०३६
३. प्याराडाइज इन्टरनेसनल प्रालि ८६७
४. गल्फ म्यानपावर सर्भिस प्रालि ५६०
५. नीलकमल ह्युमन रिसोर्स प्रालि ५१३
६. ब्रदर्श इन्टरनेसनल इम्प्लोइमेन्ट प्रालि ३९४
७. साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालि ३६४
८. अल हायात म्यानेजमेन्ट सिस्टम प्रालि ३४१
९. शिखर इन्टरनेसनल म्यानपावर सर्भिस प्रालि ३३६
१०. अल सेक्युर मेनपावर रिक्रुटमेन्ट प्रालि ३३३
११. जब सिकर मेनपावर प्रालि २९७
१२. एयर किंग्स प्लेसमेन्ट प्रालि २९४
१३. इन्डेक्स रिक्रुटमेन्ट प्रालि २६३
१४. द रिभर ओभरसिज प्रालि २५५
१५. लुलु इन्टरनेसनल प्रालि २५५
१६. भिजन एन्ड भ्यालु ओभरसिज प्रालि २४५
१७. एसिया लिंक सर्भिसेस प्रालि २४१
१८. इम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि २२८
१९. कन्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालि २२६
२०. ब्रदर्स रिक्रुटमेन्ट प्रालि २२०
२१. क्यापिटल इन्टरनेसन मेनपावर प्रालि २११
२२. जब सिकर म्यानपावर प्रालि १९७
२३. एचएमटी ओभरसिज प्रालि १९१
२४. राज ग्रुप अफ कम्पनी प्रालि १८९
२५. प्रिमियम ह्युमन रिसोर्स प्रालि १७४
२६. अल आसमाक्स कम्पनी प्रालि १६६
२७. शेरमान ग्लोबल म्यानेजमेन्ट कन्सल्ट्यान्ट प्रालि १८७
२८. वाहा मेनपावर सप्लायर्स प्रालि १८२
२९. स्यारोन मेनपावर सर्भिस प्रालि १८२
३०. सनलाइट ह्युमन रिसोर्स प्रालि १७३
३१. माभेन रिक्टुटमेन्ट सर्भिस प्रालि १७१
३२. लगइन इन्टरनेसन ओभरसिज रिक्रुटमेन्ट प्रालि १६४
३३. फ्रन्टलाइन रिक्रुटमेन्ट प्रालि १६३
३४. आयुश ओभरसिज प्रालि १६२
३५. फर्केक्ट रिक्रुटिङ सर्भिस प्रालि १५९
३६. मास ह्युमन रिसोर्स प्रालि १५९
३७. इमिनेन्स रिक्रुटमेन्ट इन्टरनेसन प्रालि १५६
३८. इन्डिगो ओभरसिज प्रालि १५६
३९. नोकरी नेपाल रिक्रुटमेन्स सर्भिस प्रालि १५५
४०. टेस्ला ओभरसिज प्रालि १५५
४१. रिलेसन इप्ल्पाइमेन्ट सर्भिस प्रालि १५५
४२. रोयल इन्टरनेसन ओभरसिज प्रालि १५३
४३. अक्सफोर्ड इन्टरनेसन प्रालि १५१
४४. डाईनामिक सेल्स एन्ड सर्भिस प्रालि १५१
४५. एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्स प्रालि १५०
४६. कन्टिनेन्टल मरकन्टाइल प्रालि १४९
४७. सपोर्ट ह्युमन रिसोर्सेज प्रालि १४८
४८. कान्तिपुर मेनपावर सर्भिस प्रालि १४८
४९. सान नेपाल प्रालि १४८
५०. इस्टवेस्ट प्लेसमेन्ट आईएनसी प्रालि १४८
५१. जलजला रिक्रुटमेन्ट प्रालि १४७
५२. मनास्लु इन्टरनेसल सर्भिस प्रालि १४४
५३. ब्यु ओसिएन ओभरसिज प्रालि १४३
५४. दियालो इन्टरनेसन इम्ल्पाइमेन्ट एजेन्सी प्रालि १४१
५५. इन्टरपिड रिक्रुटमेन्ट सर्भिस प्रालि १३९
५६. अर्थ स्मार्ट ह्युमन रिसोर्स नेपाल प्रालि १३८
५७. आईडियल इन्टरनेसनल रिक्रुटमेन्ट प्रालि १३६
५८. एसपीएम ओभरसिज प्रालि १३१
५९. एम्स ओभरसिज प्रालि १३१
६०. एम बी इन्टरनेसनल एचआर नेपाल प्रालि १३०
६१. रोटरी ओभरसिज प्रालि १२९
६२. एस आर ग्रुप एचआर कन्सल्ट्यान्सि प्रालि १२८
६३. गोरखा ह्युमन रिसोर्स सोलुसन प्रालि १२६
६४. स्टारिस एचआर सर्भिस प्रालि १२६
६५. एमबी ह्युमन रिसोर्स प्रालि १२६
६६. मदरल्यान्ड ओभरसिज प्रालि १२६
६७. डिके रिभर ओभरसिज प्रालि १२६
६८. इगल मेनपावर कन्सल्टेन्ट प्रालि १२५
६९. सगुन ओभरसिज सर्भिस प्रालि १२४
७०. डेस्टिनी एचआर ग्रुप प्रालि १२३
७१. थ्री ब्रदर्स ह्युमन रिसोर्स प्रालि १२२
७२. कन्फिडेन्ड इन्टरनेसनल मेनपावर प्रालि १२१
७३. शिवाकोटी मेनपावर सर्भिस प्रालि १२०
७४. रेज रिक्रुटमेन्ट प्रालि ११८
७५. मोभिरा रिक्रुटमेन्ट कन्सल्ट्यान्सी सर्भिस ११७
७६. आस्था कन्सल्टिङ प्रालि ११७
७७. सिजन ओभरसिज प्रालि ११६
७८. लिडिङ म्यानपावर सर्भिस प्रालि ११५
७९. अल जाहरा ह्युमन रिसोर्स कन्सल्ट्यान्सी प्रालि ११५
८०. इनोभेटिभ ह्युमन रिसोर्स डेभेलपमेन्ट प्रालि ११३
८१. अल जारफा ह्युमन रिसोर्स कन्सल्ट्यान्स प्रालि ११३
८२. सिद्व ग्लोवल सर्भिस प्रालि १११
८३. लक्की एचआर सोलुसन प्रा.लि. ११०
८४. अल ट्वाकेट ओभरसिज नेपाल प्रालि ११०
८५. मोभिरा एचआर सर्भिस प्रालि १०९
८६. स्काई ब्ल्यु इन्टरनेसनल ओभरसिज प्रालि १०५
८७. एक्सेस पाट्नर्स प्रालि १०२
८८. लिड्स स्टाफिङ सर्भिस प्रालि १०१
८९. आयुश इन्टरनेसन ओभरसिज प्रालि १०१
९०. सिहल इन्टरनेसन ग्लोबल एचआर कन्सल्टान्स प्रालि
स्रोत: वैदेशिक रोजगार विभाग