मेष: काममा अल्छी नगर्नुस् । भाग्योदयका साथै पुरस्कार–धन लाभ हुने सम्भावना छ ।
वृष: पूर्वाह्न नोक्सानी, चोटपटकको भय छ तर दिउँसोदेखि उत्तम भोजन, कार्य सफल होला ।
मिथुन: पूर्वाह्न शुभ भएकाले लाभ होला । दिउँसोबाट विवाद, स्वास्थ्य समस्या हुन सक्छ ।
कर्कट: दिनभरि समय शुभ छ । आर्थिक लाभ, सुख–सन्तोष, कार्य सिद्धि, प्रसन्नता होला ।
सिंह: दिन बलवान् छ । सानै प्रयासमा लाभ, राजनीतिक सफलता, प्रतिष्ठामा वृद्धि होला ।
कन्या: दिउँसोसम्म स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसपछि लाभ, प्रतिष्ठा वृद्धि हुन सक्छ ।
तुला: बिहान शुभ भएकाले लाभ, सम्मान होला । दिउँसोबाट भने काममा बाधा, धन हानि हुन सक्छ ।
वृश्चिक: समय शुभ छ । विजय, खेलकुद–परीक्षामा सफलता, प्रेम–सम्बन्धमा प्रगाढता होला ।
धनु: सानै प्रयासमा कार्य सफलता, सुख–सन्तुष्टि, आर्थिक लाभ, विजयको सम्भावना छ ।
मकर: शुरुमा पेटमा समस्या आउन सक्छ तर दिउँसोबाट भने कार्य सिद्धि, सन्तान–सुख होला ।
कुम्भ: दिउँसोसम्म शुभ छ, लाभ होला । त्यसपछि पेटको स्वास्थ्यमा समस्या आउन सक्छ ।
मीन: दिनभरि भाग्योदय हुनेछ । धन लाभ, उन्नति, सुखानुभूति, मान–सम्मान, सुख–सन्तोष होला ।
प्रतिक्रिया