कुमारी बैंक र टेस्ला डायग्नोस्टिकबीच सम्झौता


काठमाडौं ।

कुमारी बैंक र बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरूलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।


यस सम्झौता बमोजिम क्लिनिकबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकहरूलाई प्याथोलोजी टेस्टमा १० प्रतिशतसम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईहरूमार्फत सेवा प्रदान गर्दै आएको छ ।