लन्डन ।
लियोनेल मेसीले पेरिस सेन्ट जर्मेनबाट खेलेको रमाइलो नलागेको बताएका छन् ।
३७ वर्षीय खेलाडी बार्सिलोनामा २१ वर्ष बिताएपछि सन् २०२१ मा फ्रान्सेली टोलीमा सामेल भएका थिए । मेसीले दुई वर्षअघि इन्टर मायामीमा जानुअघि पेरिसका लागि ७६ खेलमा ३२ गोल र ३५ असिस्ट गरेका थिए ।
एप्पल म्युजिकका जेन लोवेसँगको एक अन्तर्वार्तामा मेसीले बताए-“इन्टर मायामीबाट खेल्नु एउटा अवसर थियो र पेरिसमा मेरो अन्तिम वर्षमा जे कुराहरू भए यसले मलाई त्यहाँ रमाइलो केही लागेन ।
उनले थपे-म दैनिक रूपमा प्रशिक्षण, खेलहरूसँग खुसी थिइनँ । मलाई ती सबैमा अनुकूलन गर्न गाह्रो भयो । मलाई मायामीबाट खेल्न प्रस्ताव आयो र मैले यसलाई स्विकार गरे पनि । ’ इन्टर मायामीमा सामेल भएदेखि मेसीले क्लबका लागि ४२ खेल खेलिसके । उनले यसमा ३६ गोल र २० असिस्ट गरेका छन् ।
प्रतिक्रिया