काठमाडाैं ।
खेलकुदले सामाजिक विकास तथा शान्तिको लागि ठूलो भूमिका खेल्दछ ।
सामाजिक नीति नियम लागु गर्न तथा परिवर्तनको लागि खेलकुद छुटाउन नमिल्ने क्षेत्र हो । किनभने खेलकुदले सबैलाई एकजुट बनाउन सक्नुका साथै आत्मबल, नेतृत्व क्षमता र काम गर्न सक्ने क्षमता बढाउँछ । विश्वस्तरका खेलहरु जस्तै ओलम्पिक्स, फिफा विश्वकप, आईसीसी विश्वका क्रिकेट आदिले राष्ट्रिय तथा अन्तर्राष्ट्रीय सम्बन्धहरु स्थापित गरेका छन् ।
अन्तरदेशीय भाईचारालाई बढावा दिएको छ । युद्ध, प्राकृतिक प्रकोप आदिबाट लागेका चोटमा मलहमको काम पनि खेलकुदले नै गरेका थुप्रै उदाहरणहरु पाइन्छ । सद्भाव र शान्ति बनाईराख्न, सबै संस्कृति र भोगौलिक विविधताधारी खेलाडी र दर्शकहरुलाई एउटै मैदानमा उपस्थित गराउन प्रेरित गर्ने भनेकै खेलकुदले नै हो । खेलकुद सबैबीचको आत्मीयता र एक्यबद्धतालाई उजागर गर्ने थलो हो भन्दा कुनै दुई मत नहोला ।
खेलकुदले सबै उमेरसमूहका मानिसहरुलाई शारिरिक शिक्षाको बारेमा ज्ञान दिएर खेल खेल्न उत्प्रेरित गर्छ । जहाँ खेलकुद हुन्छ त्यहाँ विकास हुन्छ । जसले नागरिकको ब्यक्तित्व विकास मात्र नभएर सामाजिक, भौतिक र आर्थिक विकासमा टेवा पु¥याउन समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।
खेलकुदले शिक्षा, संस्कृति र सद्भाव आदान प्रदान गर्न मद्दत गर्दछ । ब्यक्तित्व विकासमा शारारिक विकास जस्तै शक्ति, लचकता, उँचाई आदि पर्छ भने बौद्धिकता र नेतृत्व गर्ने क्षमताको पनि विकास हुन्छ । शारारिक र मानसिक स्वास्थ्यका लागि लाभदायक तथा तनावहरुलाई पनि कम गर्न सहयोग गर्छ ।
खेलकुद शारारिक रूपले असक्षमहरुको पुनःस्थापना र समुन्नतिको लागि अहम भूमिका खेल्छ । परापूर्वकालमा युद्धमा घाइते भएका फौजीहरुलाई पुनःस्थापनाको लागि खेलकुद एउटा माध्यम बन्ने गथ्र्यो । अहिले पनि त्यस्तो कार्यले निरन्तरता पाएकै छ । खेलकुदले जनचेतना जगाउन र शिक्षामा पनि उत्तिक्कै महत्वपूर्ण भूमिका खेल्छ ।
खेलको माध्यमद्वारा सबैलाई एकढिक्का बनाएर शैक्षिक, सामाजिक, वातावरण र सुरक्षाका बारेमा जानकारी दिन सकिन्छ । खेलकुदले विकास गर्छ र विकासले आर्थिक सम्मुन्नति अग्रसर गराउँछ, नयाँ रोजगारी सिर्जना हुन्छ, ब्यापार बढ्छ आदि ।
खेलकुदले राम्रो गर्ने चाहना ल्याउँछ, नराम्रो कार्यहरुलाई निरुत्साहित पार्छ, कुलतबाट टाढा राख्छ । त्यसैले खेलकुद क्षेत्रको विकासको लागि सरकार, निजि क्षेत्रहरु र सबैजनाले हातेमालो गर्नुपर्छ ।
खेलकुदमा स्वास्थ्य, धन, इज्जत, सम्मान, अनुशासन, शान्ति र रमाइलो वातावरण छ । खेलकुदले देश चिनाउँछ । फुटबलको नाम लिनासाथ पाँच पटकका विश्वविजेता ब्राजिल र पेले, क्रिकेट भन्नासाथ अस्ट्रेलिया, भारत चिनिन्छ । लियोनेल मेसी, क्रिस्टियानो रोनाल्डो पनि खेलकुदकै कारणले चर्चित छन् । त्यस्तै, सचिन तेन्दुलकर, शेर्न वान क्रिकेटले चर्चित भएका हुन् । नेपालकै कुरा गर्ने हो भने आईसीसी क्रिकेट विश्वकपमार्फत नेपालको नाम विश्वभर फैलिनुलाई लिन सकिन्छ ।
एकातिर विश्वका धेरै देशहरुले खेलकुदलाई स्पोट्र्स बिजिनेसको रुपमा अगाडि बढाएका छन् भने अर्कोतिर खेलाडीहरु र क्लबहरू पनि खेलकुदबाटै धनी बनेका छन् । एकजना स्टार फुटबल खेलाडीको मूल्य त अरबौ नेपाली रुपियाँ बराबर पर्छ भने पूरा खेलकुद साम्राज्यको मूल्य कति होला भनेर सामान्य अनुमानकै भरमा सोच्न पनि कठिन हुन्छ ।
यो भन्दा पनि महत्वपूर्ण कुरा त आफ्नो नाम र देशको प्रतिष्ठासँग जोडिएको हुन्छ । खेलाडी राष्ट्रका त्यस्ता दूत हुन जसले आफ्नो मेहनत र अनुशासनको बलबुटामा आफ्नो देशको नाम उच्च राख्दै विदेशी भूमिमा आफ्नो देशको झण्डा फर्फराउन सक्छन । यस्तो गौरव दिलाउने श्रेय अन्य क्षेत्रकालाई विरलै प्राप्त हुन्छ ।
केहि खेल घटना जसले शत्रुलाई मित्रवत् सम्बन्धमा परिणत गरे:
सन् १९९५ मा दक्षिण अफ्रिकामा आयोजित रग्बी विश्वकपमा जब नेल्सन मन्डेला र दक्षिण अफ्रिकाको नयाँ सरकारले खेलकुदलाई राष्ट्रिय एकताको माध्यमको रूपमा प्रयोग गरे, रग्बी टिमका कप्तान फ्रेंकोइस पिनारले दक्षिण अफ्रिकाको श्वेत र कालो समुदायलाई एकै ठाउँमा ल्याए । यस घटनाले शत्रुता र विभाजनको अवस्थामा मित्रवत् सम्बन्धको सुरुवात गरियो ।
सन् २००८ का बेईजिङ ओलम्पिकले चीन र ताइवानबीचको सम्बन्धमा सुधार ल्याउन ठूलो भूमिका खेलेको थियो । यद्यपि राजनीतिक तनाव थियो, खेलकुदको माध्यमबाट यी दुई देशहरूले आपसी सम्मान र मित्रता देखाएका थिए ।
सन् १९६६ मा इंग्ल्याण्डमा भएको फुटबल विश्वकप फाइनलमा जर्मनी र इंग्ल्याण्डले प्रतिस्पर्धा गरेका थिए । युद्धपछि राजनीतिक तनाव रहेको थियो, तर यो खेलको माध्यमबाट इंग्ल्याण्ड र जर्मनीका फुटबल खेलाडीहरूले एक अर्कामा सम्मान र मित्रता देखाए । यसले खेलकुदमा शान्ति र समझदारीको संकेत दिएको थियो ।











प्रतिक्रिया