जुम्ला।
लगातारको वर्षा र हिमपातपछि नाग्म-गमगडी सडक अवरुद्ध भएको छ । मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अवरुद्ध भएको हो ।
लगातारको वर्षा र हिमपातले नाग्म-गमगडि सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खस्दा र सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए। हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
भने सात मोडमा बाक्लो हिउँ जमेपछि सवारी आवागमन रोकिएको छ । उहाँले भन्नुभयो, हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका छन् । अवरुद्ध हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ।
हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अबरुद्ध भईरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैथान राखेको डिभिजन प्रमुख चौधरीको भनाई छ ।

सडक अवरुद्ध भएपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएको छ । यदपी सडक डिभिजनले अवरुद्ध खुलाउने काम जारी रहेकोले धैर्य गर्न अनुरोध गरेको छ । भने हिमपातको समयमा सडकको अबस्था बुझेर मात्र यात्रा पनि अपिल गरेको छ । मौसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकको घुईचो लाग्ने भएकोले चाडै अवरुद्ध खुलाउन जोड दिईएको सडक डिभिजन जुम्लाले जनाएको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका छन् । लामो समयसम्म वर्षा र हिमपात नहुँदा हिँउदे बाली सुक्ने चिन्तामा रहेका किसान विहिबार रातदेखि वर्षा र हिमपात भएपछि किसान उत्साहित भएका हुन् । साविक कर्णालीका पाँचै जिल्लाका लेकाली क्षेत्रमा बाक्लो हिउँ जमेको छ । भने बेसी क्षेत्रमा हिउँ परेन् । वर्षा र हिमपात संगै भएपछि अपेक्षाकृत हिउँ जम्न सकेन् । यदपी लगातार दुईदिन भएको वर्षाले हिउँदे बाली सप्रिने कृषि विज्ञहरु बताउँछन् ।











प्रतिक्रिया