एमाले विकास र समृद्धिकाे पक्षमा छ : कमलप्रसाद चौलागाईँ


रामेछाप ।

नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्व मन्त्री कमलप्रसाद चौलागाईँले विकास र समृद्धिमा नेकपा एमाले सधैँ विकास र समृद्धिको पक्षमा रहेको बताए ।

शनिबार रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तीको श्री मावि ज्यामिरेखानीको स्वर्णमहोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै चौगलागाईँले नागरिकको भावना सम्बोधन गर्ने गरी विकासका काम गर्नुपर्ने बताए । ‘स्थानीयको भावना अनुसार विकास निर्माणको काम हुनु पर्छ, त्यसमा नेकपा एमालेको सधैँ साथ र सहयोग रहने छ’, उनले भने।

चौलागाईँले विकासका काम गर्दा स्थानीयको आवश्यकतालाई ध्यानमा राख्नु पर्ने बताउनुभयो । स्थानीयका आवश्यकतालाई ध्यानमा राखेर गरिएको विकासको काम मात्र दिगो र प्रभावकारी हुने उनको धारणा छ ।

स्थानीय क्षेत्रको समृद्धिको पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा चौलागाईँको जोड छ । ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ’, उनले बताएका छन् ।