काठमाडाैं ।
नेपाल समाचारपत्रका सहसम्पादक ईश्वरराज ढकाल लोयल्टी राष्ट्रिय शैक्षिक पत्रकारिताबाट सम्मानित भएका छन् ।
बुढानिलकण्ठ–९ स्थित लोयल्टी एकेडेमीको १९ औ वार्षिक अभिभावक दिवसको अवसरमा उनलाई नगद सहित सम्मान गरेको हो ।

शिक्षापत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको हो । पुरस्कार छनौट समितिले सहसम्पादक ढकाललाई पुरस्कृत गर्ने निर्णय गरेको विद्यालयले जनाएको छ ।

आज आयोजित कार्यक्रममा प्रमुखअतिथि वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, विद्यालयका संस्थापक प्रिन्सिपल विजय सम्बाहाम्फे,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीराम क्षेत्री, बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख सुकु राई, प्रिन्सिपल वीरेन्द्र कुरुङवाङले सम्मान गरेका थिए ।
सम्मान गर्दै मन्त्री शाहीले शिक्षा क्षेत्रमा लोयल्टी एकेडेमीले गरेको योगदानको चर्चा गरे । भने–देशमा संस्थागत र सामुदायीक गरी दुई तहका विद्यालय छन् । ती मध्ये पछिल्लो चरणमा विद्यालयले गरेको योगदान उल्लेखनीय छ । उनले विद्यालयले गरेको गतिविधिको प्रशंसा गर्दै आफुले अन्य विद्यालय भन्दा फरक शिक्षाको महसुस गरेको बताए ।

विद्यार्थीले गरेका अतिरिक्त क्रियाकलाप, अभिभावक दिवसमा दिएको प्रस्तुतिकरणलेनै यो विद्यालय उच्चकोटीको देखिएको उनको धारणा थियो । कार्यक्रममा उनले देशको वन र वातावरण सम्बन्धी जागरण ल्याउन विद्यार्थीको मुख्य भुमिका रहेको बताए । अहिले जलवायु परिवर्तनको सवाल उठेको छ । वातावरणले गरेको असरको सबाल उठेको छ । यस्ता विषयलाई विद्यार्थीले उठान गरि वातावरण जोगाउन महत्वपुर्ण भुमिका खेल्न सक्ने उनको धारणा थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल विजय सम्बाहाम्फेले तीनवर्ष अघिदेखि शुरु गरेको लोयल्टी शैक्षिक पत्रकारिता पुरस्कार योवर्ष पत्रकार ढकालाई दिन पाएकोमा विद्यार्थी परिवार हर्षित रहेको बताए । उनले शिक्षा वेगर मुलुकको विकास परिकल्पना गर्न नसक्ने बताए । उनले सरकारले शिक्षाक्षेत्रलाई कम मान्यता दिएकोमा दुःख व्यक्त गरे ।

प्याब्सनका पुर्वअध्यक्ष समेत रहेका सम्बाहाम्फेले शिक्षा क्षेत्रमो नीतिगत सुधार गर्न पत्रकारको महत्वपुर्ण भुमिका रहेको बताए ।बिना शिक्षा कसैलेपनि कल्पना गर्न सक्दैनौ , विदेश घुम्नै सक्दैदौ । त्यसैले गुणस्तरीय शिक्षा प्रदानगर्न यो विद्यालय स्थापना गरेको हो भने । युवालाई आफ्नौ देशमा टिकाइराख्न उत्कृष्ठ शिक्षा प्रदान गर्नुपर्ने बताए । उनले आफ्नो छोराछोरीलाई उत्कृष्ठ बनाउन अभिभावक जिज्ञासु हुनुपर्ने बताए । उनले शिक्षकलाई भविश्यमा पेन्सन पाउने गरी सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको बताए ।
विद्यालयका प्रिन्सिपल कुरुङवाङले विद्यालयको वार्षिक कार्यक्रम र बजेटबारे जानकारी दिएका थिए । उनले १ हजार १ सय विद्यार्थी रहेको विद्यालयमा निःशुल्क भर्ना व्यवस्था गरेको, १७ प्रतिशत छात्रवृति दिने गरेको बताए। उहाले विद्यालय स्थापना भएदेखि अतिरिक्त क्रियाकलापलाई जोड दिएको बताए । भने–हामीले विद्यार्थीलाई शैक्षिक भ्रमण मार्फत शैक्षिक ज्ञान दिएका छौँ , उपत्यकाको धार्मिक तथा पर्यटकीयक्षेत्र भ्रमण गराएका छौ ।पढाईसंगै प्राबधिक ज्ञानको व्यवस्था गरेका छौँ । विद्यालयले गरेको कार्यक्रमको बारेमा जानकारी गराउँदै उनले भने–तपाई अभिभावककै कारणले विद्यालय प्रगति पथमा लागेका छौ विद्यालयमा नयाँनयाँ प्रबिधिको प्रयोग गरेका छौँ ।

गणित सुधार्न नया प्रयोग सुरु गरेका छौ । उनले सामाजिक उत्तरदायीत्व अन्तर्गत आधादर्जन बढी क्षेत्रमा सहयोग गरेका छौ । विद्यालयको कक्षाको स्तर सुधार गर्न एकेडेमीक डीन, प्रिन्सिपल, लेवल इन्चार्जको व्यवस्था गरेको बताए । हामी विद्यार्थीले गल्ती गरेमा अनुशासन कारबाही गर्दैनौ , रातो, पहेलो र हरियो कार्डको व्यवस्था गरेका छौँ । वर्षभरिमा जस्ले बढी राम्राे काम गरेर हरियो कार्ड पाउँछन ती विद्यार्थीलाई गोल्ड मेडलदिने प्रचलन रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै सम्मानित शिक्षा पत्रकार ईश्वरराज ढकालले शिक्षा पत्रकारिता क्षेत्रमा गरेको योगदानलाई पुरस्कार छनौट गरेको निर्णय प्रति समितिलाई आभार व्यक्त गरे । देशको विकासमा विद्यार्थीको मुख्य भुमिका रहेको चर्चा गरे ।
प्रतिक्रिया