लिंगका आधारमा हुने विभेद अन्त्यका लागि लुम्बिनी सरकार प्रतिवद्ध : मन्त्री तिमिल्सिना

1.32k
Shares

बुटवल ।

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले ७० प्रतिशत लैंगिक हिंसाका घटना घरभित्र बाटै हुने बताउनु भएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय ,महिला समुत्थान परियोजनाले शनिवार तिलोत्तमामा आयोजना गरेको सामाजिक रुपमा रहेका हानिकारक अभ्यास, लैंगिक विभेद तथा हिंसा विरुद्ध सचेतना मुलक कार्यक्रममा बोल्दै उहांले त्यसबाहेक २३ प्रतिशत घटना घरकै अन्य सदस्यबाट हुने गरेको तथ्यांकले देखाएको चर्चा गर्नु भयो ।

लैंगिक हिंसा विरुद्धको अभियानमा महिलाको उत्साहजनक सहभागिताले महत्व राख्ने उहांले बताउनु भयो् । लिंगका आधारमा हुने विभेद अन्त्यका लागि लुम्बिनी प्रदेश सरकार लागि रहेकाले यसबारे महिलामा जागरुकता आवश्यकउहांले जोड दिनु भयो । विशेषत ः महिला माथि घरबाटै हुने हिंसाको अन्त्य नै महिला समुत्थानको कडी भएको मन्त्री तिल्सिनाले बताउनु भयो ।

आन्तरिक रुपमा हिंसा व्यहोरीरहेका महिलाले आफुलाई परेको अन्याय विरुद्ध कति आवाज उठाउंछन् र पुरुषकै कारणले मात्र महिला हिंसामा परेको वा महिलाका कारणले मात्र पुरुष हिंसामा परेका छन् ? भन्ने विषयबारे जान्न समेत जरुरी रहेको उल्लेख गर्नु भयो । मन्त्री तिमिल्सिनाले हिंसा हुनुमा महिला अशिक्षित हुनु, सानै उमेरमा विवाह हुनु र पारिवारिक दबाबले हुने विवाह आदि कारणका रुपमा देख्न सकिने बताउनु भयो ।

प्रदेशमा रुपन्देही जिल्ला अन्यको तुलनामा हरेक हिसाबले अग्रसर र शिक्षितको बाहुल्यता रहेको जिल्ला भएकाले यहां हुने लैंगिक हिंसाका घटनालाई न्युनिकरण गर्न तिलोत्तमा लगायतका अन्य पालीकाले भुमिका खेल्नुपर्ने बताउनु भयो । तिलोत्तमा नगरपालीकाले आफुले नै सुचक तयार गरेर लैंगिकमैत्री पालीका बनाउन लागिरहेको जानकारी पाएकाले यस्तो सिकाँई अन्य पालीकाले पनि अपनाउनुपर्ने उहांले बताउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले लैंगिक हिंसा विरुद्धका यस्ता कार्यक्रम समाजका लागि प्रभावकारी रहेको बताउनु भयो । उहांले महिलालाई आत्मनिर्भरताको बाटोमा ल्याउन सकियो भने हिंसा न्युनिकरणमा यसले पनि भुमिका खेल्ने बताउनु भयो ।

उपप्रमुख जगेश्वर देवी चौधरीले पालीकालाई लैंगिकमैत्री बनाउनका लागि हरेक तहसंग छलफल गरेर सुचक तयार गरिसकेको बताउनु भयो् । संघीय र प्रदेश सरकारसंग नै लैंगिकमैत्री सुचक नभएका बेला तिोत्तमाले आफुले सुचक बनाएर स्वीकृति लिई यो आर्थिक वर्षमा तिलोत्तमालाई लैैंगिकमैत्री बनाउने तयारी गरेको उहाँले बताउनु भयो् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव अणप्रसाद न्यौपाने, महिला विकास अधिकृत सम्झना सुवेदी, ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ईन्द्र बहादुर राना लगायतले लैंगिक विभेद किन र कसरी हुन्छन् ?, घटना बारे प्रहरीकहां जानकारी गराउन के गर्नुपर्छ ? महिलामाथि बढीरहेको हिंसा रोक्न महिलाको भुमिका कस्तो हुने ? जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।