सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु


काठमाडौं ।

विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सप्तरी, हनुमानगर कंकालिनी नगरपालिका-१ भित्री सडकमा भलुवाबाट कंकालिनी मंन्दिरतर्फ आउँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार सुनसरी कोशी गाउँपालिका-६ कुम्याही बस्ने ५० वर्षीया बतुल खातुनको शुक्रबार साँझ मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको कोशी न्यूरो अस्पताल ईनरूवा सुनसरीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।


दाङ, राजपुर गाउँपालिका(३ खरदरीयास्थित सडकमा बेलाबाट खरदरीयातर्फ जाँदै गरेको प्र-०३-०३० प ५६०३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३७ वर्षीया बिष्णा यादवको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पताल लमही हुँदै राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा थप उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।