बलिउड अभिनेत्री बनिन् नेपालको बुहारी


बलिउडकी एक अभिनेत्री नेपालको बुहारी बनेकी छन्।


बलिउड अभिनेत्री तथा युट्युबर प्रजक्ता कोली नेपालकी बुहारी बनेकी हुन्। प्रजक्ता र नेपाली युवक एवम् कानुन व्यवसायी वृशांक खनालले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर सेयर गर्दै विवाह बन्धनमा बाँधिएको जानकारी दिएका हुन्। मंगलबार भारतको महाराष्ट्रस्थित ओलेन्डर फाम्र्स लक्जरी रिसोर्टमा विवाह गरेका उनीहरू करिब डेढ वर्ष अघिदेखि प्रेममा थिए।


काठमाडौं घर भएका वृशांक मुम्बईमा रहँदाखेरि नै प्रजक्ताका साथी बनेका थिए भने उनीहरू लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्। प्रजक्ता र वशांकले गत असोजमा अमेरिकामा इन्गेजमेन्ट गरेका थिए भने अमेरिकाको पश्चिम भर्जिनिया घुम्न गएको बेला वृशांकले प्रजक्तालाई प्रेम प्रस्ताव राखेका थिए।

मस्ट्ली सेन नामक युट्युबरको रुपमा चर्चित प्रजक्ता बलिउड फिल्म जुगजुग जियो, नियत मिसम्याच्डजस्ता फिल्ममा अभिनय गरेकी छन्। उनीहरूलाई मनीषा कोइराला, वरुण धवनलगायतका बलिउड सेलेबे्रटीले बधाई दिएका छन्।